एनएमबि लघुवित्तको समग्र वितिय सूचकमा सन्तोषजनक सुधार, प्रतिशेयर आम्दानी ३६ रुपैयाँ ८३ पैसा

ज्ञानमाण्डू। एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा १६२.९७ प्रतिशतले बढेकाे छ । आ.व. २०७६/७७ को चौथो त्रैमास सम्ममा लघुवित्तले ७ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७७/७८ को चौथो त्रैमास सम्ममा लघुवित्तले १९ करोड ८७ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

५३ करोड ९८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको एनएमबि लघुवित्तले १ अर्ब ६७ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब २ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, एनएमबि लघुवित्तले २ अर्ब ७९ करोड रुपैयाँ सापटी लिएकाे छ भने जगेडा कोषमा ३६ करोड ५५ लाख रुपैयाँ रहेको छ ।

एनएमबि लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ६८.८९ प्रतिशतले बढेर ४७ करोड ३ लाख रुपैयाँ पुगेकाे छ । लघुवित्तमा निष्कृय कर्जा अनुपात ३.१६ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ३६ रुपैयाँ ८३ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६७ रुपैयाँ ७१ पैसा छ र मूल्य आम्दानी अनुपात ३८.८ गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x