
ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको कार्यान्वयनको अवस्था तथा समसामयिक आर्थिक तथा वित्तीय गतिविधिहरू मौद्रिक नीतिकाे तेस्राे त्रैमासिक समीक्षामा मार्फत व्याख्या गरेको छ ।
कोभिड—१९ महामारीका कारण विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्राकोष तथा एशियाली विकास बैंक लगायतका संस्थाहरुले विश्व आर्थिक मन्दीतर्फ उन्मुख भएको, अन्तर्राष्ट्रिय मुद्राकोषले सन् २०२० मा विश्व अर्थतन्त्र ३ प्रतिशतले संकुचित हुने प्रक्षेपण गरेकाे, केन्द्रीय तथ्याङ्क विभागको प्रारम्भिक अनुमान अनुसार चालु आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर २.२८ प्रतिशत रहने कुराहरू मौद्रिक नीतिकाे तेस्राे त्रैमासिक समीक्षामा उल्लेख गरिएकाे छ ।
चालु आर्थिक वर्षमा कुल वचतमा सामान्य वृद्धि भएको तथा कुल लगानीमा कमी आएका कारण साधन अन्तरको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात गत वर्ष ७.७ प्रतिशतले ऋणात्मक रहेकोमा चालु वर्षमा ४.१ प्रतिशतले ऋणात्मक रहने अनुमान छ । साथै आर्थिक वर्ष २०७६/७७मा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनअमेरिकी डलर १०८५ पुग्ने अनुमान छ । आर्थिक वर्ष २०७५/७६ मा यस्तो उत्पादन अमेरिकी डलर १०३९ रहेको पनि मौद्रिक नीति समीक्षामा उल्लेख गरिएकाे छ ।