धितोपत्र बजारमा दोहोरो अङ्ककाे गिरावट, नेप्से २६३१.२५ को विन्दुमा | NEPSE


ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १९ दशमलव ७२ अंकले घटेर २६३१ दशमलव २५ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ५ दशमलव २० अंकले घटेर ४९७ दशमलव ३९ को विन्दुमा पुगेको छ ।


आज कूल २३१ कम्पनीहरूका ४९ लाख ६७ हजार ४७१ कित्ता शेयर रु २ अर्ब ५७ करोड ०४ लाख ०१ हजार १८८ मा खरिद बिक्री भए ।


कारोबार भएका कूल १३ उपसमूहहरू मध्य होटल तथा पर्यटन उपसमूह ६६ दशमलव ६६ अङ्कले, निर्जीवन बीमा ७७.२३ अङ्कले र सामूहिक लागनी कोष शुन्य अङ्कले बढेको छ। यता, बैंकिङ उपसमूह ११ दशमलव ९४ अङ्कले घट्दा ट्रेडिङ उपसमूह ३६ दशमलव ८ अङ्कले, विकास बैंक उपसमूह ६०.९७ अङ्कले, जलविद्युत उपसमूह ३३.११ अङ्कले, वित्त उपसमूह २९.५१ अङ्कले, उत्पादन उपसमूह ४४.६२ अङ्कले, अन्य उपसमूह ५७.१३ अङ्कले, लघुवित्त उपसमूह ९.२७ अङ्कले, जीवन बीमा उपसमूह ५७.०७ अङ्कले र लगानी उपसमूह शुन्य दशमलव ४७ अङ्कले घटेका छन् ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x