चालु आ.व.को पहिलो महिनासम्म आइपुग्दा निक्षेप घट्दो, कर्जा प्रवाह बढ्दो



ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्गका वित्तिय संस्थाहरुको कुल निक्षेप संकलन चालु आर्थिक वर्षको पहिलो महिना अर्थात् श्रावण महिनासम्म आइपुग्दा १.५६ प्रतिशतले घटेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार उक्त वित्तिय संस्थाहरुले चालु आर्थिक वर्षको पहिलो महिनासम्ममा कुल ४६ खर्ब ६६ अर्ब निक्षेप संकलन गरेका छन् भने गत आर्थिक वर्षको अन्त्य अर्थात् असार मसान्तसम्ममा वित्तिय संस्थाहरुले कुल ४७ खर्ब ४० अर्ब निक्षेप संकलन गरेका थिए।

जस मध्ये, वाणिज्य बैंकहरुको कुल निक्षेप संकलन चालु आर्थिक वर्षको पहिलो महिनासम्म आइपुग्दा ४१ खर्ब २५ अर्ब रहेको छ। गत आर्थिक वर्षको अनत्यसम्ममा वाणिज्य बैंकहरुको कुल निक्षेप संकलन ४२ खर्ब ४ अर्ब रहेको थियो। गत आर्थिक वर्षको तुलनामा वाणिज्य बैंकहरुको कुल निक्षेप संकलन १.८९ प्रतिशतले घटेको देखिन्छ।

यता, विकास बैंकहरुको कुल निक्षेप संकलन चालु आर्थिक वर्षको पहिलो महिनासम्म ४ खर्ब ५० अर्ब रहेको छ। विकास बैंकहरुको कुल निक्षेप संकलन चालु आर्थिक वर्षको पहिलो महिनासम्म आइपुग्दा १.०२ प्रतिशतले बढेको देखिन्छ। गत आर्थिक वर्षको अनत्यसम्ममा विकास बैंकहरुको कुल निक्षेप संकलन ४ खर्ब ४५ अर्ब रहेको थियो।

त्यस्तै, फाइनान्सहरुको कुल निक्षेप संकलन पनि गत आर्थिक वर्षको असार महिनाको तुलनामा १.१३ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षको अनत्यसम्ममा फाइनान्सहरुको कुल निक्षेप संकलन ८९ अर्ब ३२ करोड रहेको थियो भने चालु आर्थिक वर्षको श्रावण महिनासम्म आइपुग्दा फाइनान्सहरुको कुल निक्षेप संकलन ९० अर्ब ३३ करोड रहेको छ।

त्यसै गरि, नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्गका वित्तिय संस्थाहरुको कुल कर्जा प्रवाह चालु आर्थिक वर्षको पहिलो महिनासम्म आइपुग्दा १.१६ प्रतिशतले बढेको छ । उक्त वित्तिय संस्थाहरुले चालु आर्थिक वर्षको पहिलो महिना अर्थात् श्रावण महिनासम्ममा कुल ४२ खर्ब २३ अर्ब कर्जा प्रवाह गरेका छन् भने गत आर्थिक वर्षको अन्त्य अर्थात् असार मसान्तसम्ममा कुल ४१ खर्ब ७४ अर्ब कर्जा प्रवाह गरेका थिए।

जस मध्ये, वाणिज्य बैंकहरुको कुल कर्जा प्रवाह चालु आर्थिक वर्षको पहिलो महिनासम्म आइपुग्दा १.१५ प्रतिशतले बढेर ३७ खर्ब ६२ अर्ब पुगेको छ । गत आर्थिक वर्षको अन्त्य अर्थात् असार मसान्तसम्ममा वाणिज्य बैंकहरुको कुल कर्जा प्रवाह  ३७ खर्ब १९ अर्ब रहेको थियो ।

त्यस्तै, विकास बैंकहरुको कुल कर्जा प्रवाह चालु आर्थिक वर्षको पहिलो महिनासम्म आइपुग्दा १.७६ प्रतिशतले बढेर ३ खर्ब ९० अर्ब पुगेको छ ।  गत आर्थिक वर्षको असार मसान्तसम्ममा विकास बैंकहरुको कुल कर्जा प्रवाह  ३ खर्ब ८३ अर्ब रहेको थियो ।

यता, फाइनान्सहरुको कुल कर्जा प्रवाह भने चालु आर्थिक वर्षको पहिलो महिनासम्म आइपुग्दा १.४८ प्रतिशतले घटेर ७० अर्ब ४७ करोडमा सिमित भएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा फाइनान्सहरुको कुल कर्जा प्रवाह ७१ अर्ब ५३ करोड रहेको थियो ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो महिनासम्म आइपुग्दा वाणिज्य बैंकहरुको निक्षेप संकलन घट्दा कुल निक्षेप संकलन घटेको देखिन्छ भने चालु आर्थिक वर्षको पहिलो महिनासम्म आइपुग्दा वाणिज्य बैंकहरुको कर्जा प्रवाह बढ्दा कुल कर्जा प्रवाह बढेको देखिन्छ। 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x