कोभिड – १९ विरुद्ध नबिल बैंकका कर्मचारीहरुको सहयोग

ज्ञानमाण्डू। कोभिड–१९ को रोकथाम र उपचारको लागि नबिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत निरन्तर गरिरहेको सहयोगको अतिरिक्त बैंकका संचालक तथा कर्मचारीहरुले नेपाल सरकारको कोराना भाइरस नियन्त्रण तथा उपचार राहत कोषमा रु २६,२८,८६७.१५ योगदान गरेका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज भएको एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री अनिल केशरी शाहले स्वास्थ्य तथा जनसंख्या मन्त्री श्री भानु भक्त ढकाललाई उक्त रकमको चेक हस्तान्तरण गरेका छन् । उक्त कार्यक्रममा बैंकका अध्यक्ष श्री शम्भु प्रसाद पौड्याल, संचालक श्री उपेन्द्र प्रसाद पौड्याल र मानव संशाधन प्रमुख श्री रोशन कोइराला लगायत उपस्थित थिए ।



कोराना भाइरस महामारी विरुद्धको लडाइमा व्यक्तिगत तवरले पनि राष्ट्रलाई सहयोग गर्नुपर्छ भन्ने मनशायले बैंंकका संचालक तथा कर्मचारीहरुले कोराना भाइरस नियन्त्रण तथा उपचार राहत कोषमा योगदान गरेको शाहले उल्लेख गरे । बैंकका अध्यक्ष श्री शम्भु प्रसाद पौड्यालले नबिल बंैकले स्वास्थ्य क्षेत्रमा कुनै पनि महामारी विरुद्ध लड्न निरन्तर सहयोग गर्ने धारण व्यक्त गरेका छन् । साथै, उनले यस्तो योगदान रकमको सदुपयोग हुने विश्वास ब्यक्त गर्दै सहयोग गर्ने संचालक समिति सदस्य र बैंकका कर्मचारीहरुलाई धन्यवाद समेत व्यक्त गरेका छन् ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत केन्द्रिय तथा प्रादेशिक सरकारहरुलाई महामारी विरुद्धको लडाइमा निरन्तर सहयोग जारी राख्ने जानकारी समेत गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x