ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ऒरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७३ दशमलव ०५ अंकले घटेर २६८५ दशमलव ४२ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक १२ दशमलव ९४ अंकले घटेर ५०६.३३ को विन्दुमा पुगेको छ ।
आज कूल २२७ कम्पनीका १ करोड ०४ लाख ७८ हजार ०६८ कित्ता शेयर रु ५ अर्ब १२ करोड ०९ लाख ७३ हजार ०९५ मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूहको शेयर ऒरालो लागेको छ । बैंकिङ उपसमूह ४४ दशमलव ०८ अङ्कले घट्दा ट्रेडिङ उपसमूह ४१ दशमलव २६ अङ्कले, होटल तथा पर्यटन उपसमूह ९०.१२ अङ्कले, विकास बैंक उपसमूह १९४.१ अङ्कले, जलविद्युत उपसमूह ८०.६१ अङ्कले, वित्त उपसमूह ११२.९६ अङ्कले, निर्जीवन बीमा ४३९.२८ अङ्कले, उत्पादन उपसमूह १०४.३९ अङ्कले, अन्य उपसमूह ४६.०२ अङ्कले, लघुवित्त उपसमूह १३२.४९ अङ्कले, जीवन बीमा उपसमूह ४३७.१७ अङ्कले, सामूहिक लागनी कोष शुन्य दशमलव १६ अङ्कले र लगानी उपसमूह २ दशमलव ८६ अङ्कले घटेको छ।