नबिल डिबेन्चर २०८२ ऋणपत्र सूचीकरण

ज्ञानमाण्डू। आज मिति २०७७/०४/०६ का दिन नेपाल स्टक एक्सचेन्ज लि. र नबिल बैंक लिमिटेड बीच प्रति ऋणपत्र अंकित तथा चुक्ता मूल्य रु. १,००० कायम भएको २०,००,००० थान १०% नबिल डिबेन्चर २०८२ (ऋणपत्र) सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ । कम्पनीले सर्वसाधारण समक्ष लक्ष्मी क्यापिटल मार्केट लिमिटेड मार्फत् २०,००,००० थान १०% नबिल डिबेन्चर २०८२ खुल्ला बिक्री आव्हान गरेको थियो । यसरी सर्वसाधारणमा वितरण गरिएको २०,००,००० थान ऋणपत्र वितरण भई स्टक एक्सचेन्जमा सूचीकरण भएको छ ।

ऋणपत्र सूचीकरण सम्झौता पत्रमा स्टक एक्सचेन्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री चन्द्र सिंह साउदले र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले हस्ताक्षर गरेका छन् ।

Nabil Debenture 2082

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x