छैठौं विश्व इन्टरनेट सम्मेलन चीनको झेजियांगमा

ज्ञानमाण्डू।आइतबार देखी चीनको झेजियांग प्रान्तको वुजन् सहरमा छैटौँ विश्व इन्टरनेट सम्मेलन सुरु भएको छ । चिनियाँ प्रचार मन्त्री ह्वाङ खुन मिङले उक्त सम्मेलनको उद्घाटन गरेका छन् ।

नयाँ चीन स्थापना भएको ७० औँ वार्षिकोत्सव र इन्टरनेट सुरु भएको ५० औँ वार्षिकोत्सवका अवसरमा गरिएको इन्टरनेट सम्मेलनको मुख्य नारा ‘खुलापन र सहकार्यका लागि बौद्धिक अन्तर सम्बन्ध, साइबर स्पेसका योगदानमूलक भविष्य’ रहेको जनाइएको छ ।

सम्मेलनको सफलताका लागि चीनका राष्ट्रपति सी चिनफिङले पठाएको सन्देशमा इन्टरनेटको विकास प्रवृत्तिप्रतिको गहिरो बुझाइ, मानव जातिको साझा फाइदाप्रतिको उच्च ध्यान र चीनद्वारा विश्वका विभिन्न मुलुकसँग नेटवर्क भाग्य समुदायको निर्माण गर्ने सदिच्छापूर्ण इच्छा अभिव्यक्त भएको उल्लेख गरेका छन् ।

राष्ट्रपति सी ले नयाँ सुरुवातमा विकास अवसरलाई कायम राख्दै चुनौतिको सक्रिय सामना गर्नुका साथै इन्टरनेटका सञ्जाललाई पुरै मानव जातिको विकास समुदायको निर्माणका लागि प्रयासमा जोड दिनुपर्ने बताएका छन् ।सी ले भविष्य उन्मुख चीनले ठुलो मुलुकको दायित्वबोध भूमिका सिर्जना गर्दै नेटवर्कको विकासको योगदान कर्ताको हैसियतले प्रयास गर्दै जाने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

info.nt@ntc.net.np
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

info@ncell.axiata.com
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x