एन आई सी एशिया बैङ्कको लाभांश प्रस्ताव, हेर्नुस् कति दिँदै छ बोनस र नगद लाभांश

ज्ञानमाण्डू। एन आई सी एशिया बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७८ साल कात्तिक ८ गते, सोमबारका दिन बसेको सञ्चालक समितिको ५११ औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०७७/०७८ सम्मको संचित वितरणयोग्य मुनाफाबाट हाल कायम शेयरधनीहरुलाई १५.७८९४७ प्रतिशतले हुन आउने लाभांश(कर समेत) वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।

बैङ्कको सञ्चालक समितिको बैठकले आ. व. २०७७/०७८ सम्मको संचित वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजी ११ अर्ब ५६ करोड ४० लाख ५ हजार ३६६ रुपैयाँको १५ प्रतिशतले हुन आउने रकम बोनस शेयर तथा सोको कर प्रयोजनार्थ ०.७८९४७ प्रतिशतले हुन आउने रकम बराबरको नगद लाभांश आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले प्राप्त गर्ने एन आई सी एशिया बैंक लिमिटेडले जानकारी दिएको छ ।

प्रस्तावित लाभांश गत वर्षको तुलनामा घटेको हो । आर्थिक वर्ष २०७६/७७ मा एन आई सी एशिया बैंक लिमिटेडले १९ प्रतिशतले हुन आउने रकम बोनस शेयर र १ प्रतिशतले हुन आउने रकम नगद लाभांश स्वरूप आफ्ना शेयरधनीहरुलाई वितरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x