एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरूलाई सोनी ब्राभिया (SONY BRAVIA ) टेलिभिजन खरिदमा विशेष छुट

ज्ञानमाण्डू।एन आई सी एसिया बैङ्क लिमिटेड र नेपा हिमा ट्रेड लिङ्क प्रा.लि. बिच यस बैङ्कका ग्राहक महानुभावहरूलाई सोनीका आउटलेटहरू तथा केही आधिकारिक विक्रेताहरूबाट Sony Bravia Television (Model No: 65X8000G, 65X9500G, 55A8G, 55A8F and 55A1) को खरिदमा छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतामा बैङ्कको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष कुमार राठीज्यू र कम्पनीका तर्फबाट कार्यकारी निर्देशक राजेश तुलाधर ज्यूले हस्ताक्षर  गरेका छन् ।

उक्त सम्झौता अनुसार यस बैङ्कका ग्राहक महानुभावहरूले बैङ्कको डेबिट÷क्रेडिट कार्ड तथा मोबाइल बैङ्किङ सेवा बैङ्कको आफ्नै POS / QR Code प्रयोग गरी Sony Bravia का उपरोक्त उल्लेखित मोडलहरूको टेलिभिजन खरिद गर्दा प्रत्येक खरिदमा १०% वा अधिकतम रू. २,००० सम्म छुट प्राप्त गर्न सकिनेछ । यो योजना २०७६ फागुन १२ गतेदेखि २९ गतेसम्म लागू हुनेछ । बैङ्कका ग्राहक महानुभावहरूको अधिकतम लाभका लागि यो योजना ल्याइएको हो ।

यस बैङ्कले कार्ड तथा मोबाइल बैङ्किङबाट गरिने विद्युतीय भुक्तानीलाई प्रवर्द्धन गर्दै आइरहेको छ । जस अनुसार बैङ्कको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैङ्किङ सेवाग्राहीहरूले यस बैङ्कको कार्ड तथा मोबाइल बैङ्किङका माध्यमहरूबाट विभिन्न सामान तथा सेवा खरिद गर्दा देशभर २,२०० वटा भन्दा बढी मर्चेन्टहरूबाट आकर्षक छुट प्राप्त गर्न सक्ने छन् । उक्त छुट देशभर रहेको विभिन्न ख्यातिप्राप्त अस्पतालहरू, होटेल, रिसोर्ट, रेस्टुराँ तथा विभिन्न सेवा तथा सामान विक्री गर्ने स्थानहरूबाट ग्राहक महानुभावहरूले सजिलै प्राप्त गर्न सक्ने छन् । विद्युतीय भुक्तानीलाई थप सरल बनाउनुको साथै यसको पहुँच विस्तार गर्न बैङ्कले हालसम्म देशको विभिन्न ३,७०० भन्दा बढी स्थानहरूबाट POS तथा १२,००० भन्दा बढी स्थानहरूबाट QR Code Scan सेवा प्रदान गर्दै आइरहेको छ । ग्राहक महानुभावहरूले मर्चेन्टहरूको बारेमा विस्तृत जानकारी प्राप्त गर्न यस बैङ्कको www.nicasiabank.com मा हेर्न सक्ने छन् ।

प्रतिको भरोसाले गर्दा यस बैङ्कको मुलुकभर ३१९ शाखा कार्यालयहरू, ४४६ एटिएम, १०३ वटा एक्सटेन्सन काउन्टर एवं ५२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैङ्किङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठुलो शाखा सञ्जाल भएको बैङ्क हुन सफल भएको छ । करिब २१ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैङ्कका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साह प्रद रहेका छन् । उत्तरदायी बैकिङ्गको अभ्यास गर्दै आएको यस बैङ्कले प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैङ्क तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैङ्क तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको कुरा बैङ्कले प्रेस विज्ञप्तिद्वारा  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x