रेडिअन्ट पब्लिक बोर्डिङ स्कुलको अनलाइन कक्षा पुनः सञ्चालन हुँदै

ज्ञानमाण्डू। रेडिअन्ट पब्लिक बोर्डिङ स्कुलले कोभिड-१९ का कारण पठनपाठनमा सिर्जना भएको अवरोधलाई दृष्टिगत गरी सुरु गरेको अनलाइन कक्षा २०७७ साल श्रावण १ गते बिहीबारदेखि केही समयको लागि स्थगित भएको थियो । स्कुलले कक्षा नर्सरी देखि कक्षा १० सम्मको अनलाइन कक्षाहरू २०७७ श्रावण ८ गते बिहीबारदेखि पुनः सञ्चालन गर्ने भएको छ। भोलिदेखि पुनः सञ्चालन हुने कक्षाहरूको दैनिक समय तालिका यस अघि सञ्चालन भएको समय तालिका बमोजिम नै हुने स्कुलले जनाएको छ। यसै समय तालिका बमोजिमै नानीबाबुहरुलाई सम्बन्धित कक्षाहरूमा पठनपाठनको निम्ति सहभागी गराइदिनुहुन स्कुलले अभिभावकहरूलाई अनुरोध समेत गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x