सुनको मूल्यमा वृद्धि, चाँदी तोलाको कति ?


 

ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला छ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार भदाै २० गते, अईतबारका दिन छापावाला सुनको मूल्य तोलाको ९१ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँ तोकिएको छ ।



अघिल्लो कारोबारी दिन अर्थात शुक्रबार भदाै १९ गतेका दिन, छापावाला सुन प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।



अईतबार सुनको मूल्यमा वृद्धि हुँदा चाँदीको मूल्य पनि सामान्य रकमले उकालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय ३० रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबारी दिन शुक्रबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ३५ रुपैयाँले बढेको देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x