सिटिजन्स बैंकको एटिएम भि एस निकेतन स्कूलमा

ज्ञानमाण्डू। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौंको मीन भवनस्थित भि एस निकेतन स्कूलमा एटिएम सेवाको शुभारम्भ गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल तथा भि एस निकेतन का उबिन पोखरेलले संयुक्त रुपमाउक्त एटिएम सेवाको उद्घाटन गरेका छन् ।
स्कूलका सेवाग्राही तथा मीनभवन क्षेत्र र वरपरका जनता निकै लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

हालसम्म बैंकले देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७८ वटा एटिएम र १०० वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाखग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

यसका साथसाथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिमव्य वस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरूे छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादनगर्ने उद्देश्यले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x