ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मङ्गलबार, बैशाख ७ गतेका दिन साधना लघुवित्त वित्तिय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्जमा मङ्गलबार साधना लघुवित्त वित्तिय संस्था लिमिटेडको कुल ३ लाख ९२ हजार ४ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

साधना लघुवित्त वित्तिय संस्था लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १८ प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनी तथा लगानिकर्ताहरु माझ वितरण गरेको थियो । लघुवित्तको सोहि बोनस शेयर नेप्सेमा मङ्गलबार सूचीकृत भएको हो।