सिड फाइनान्सियल एकेडेमीकाे अनलाइन लर्निङ्ग प्ल्याटफर्म "सिड ई-एकेडेमी" सञ्चालनमा

ज्ञानमाण्डू। नेपालको प्रख्यात एसीसीए कलेज सिड फाइनान्सियल एकेडेमीले आफ्ना विद्यार्थीहरूका लागि "सिड ई-एकेडेमी" नामक  आफ्नै ई-लर्निंग प्लेटफर्म सञ्चालनमा ल्याएकाे छ। यस ई-एकेडेमीले नेपालमा सबै एसीसीए विषयहरूका लागि रेकर्ड गरिएका सामग्रीहरू मार्फत एक वैकल्पिक शिक्षा प्रदान गर्ने जनाएकाे छ।

सिड ई-एकेडेमी मार्फतका एसीसीए विद्यार्थीहरूले, हाल ४ वटा विषय (FA, PM, FR, AA) किन्न र तयारी गर्न सक्नेछन् । उक्त लर्निङ्ग सामग्रीमा ख्याती प्राप्त शिक्षकद्वारा विस्तृत रूपमा व्याख्या गरिएका पावरपोइन्टका प्रस्तुतीहरू समावेश गरिएकाे छ । साथै विद्यार्थीहरूले वर्कशिटहरू, परीक्षा-शैलीका प्रश्नहरू र अन्य एसीसीए अध्ययन सामग्रीहरू डाउनलोड गर्न सक्छन् भने उनीहरूले शिक्षकबाट सिफारिस गरिएको पढाइ सामग्री र असाइनमेन्ट सम्बन्धि सुझाव पनि प्राप्त गर्नेछन् र कुनै पनि विषयका प्रश्नहरू बारे छलफल गर्न सम्बन्धित ट्युटरहरूसँग सिधा सम्पर्क गर्न पनि सक्दछन्।

शुभारम्भ समारोहमा एकेडेमिक निर्देशक अनन्त गौतमले, " सिड फाइनान्सियल एकेडेमीले आफ्ना सबै विद्यार्थीहरूलाई सिड ई-एकेडेमीका कोर्स नि: शुल्क उपलब्ध गराएकाे छ । सिडले नेपालमा एसीसीए कोर्सहरूका लागि एक प्रभावकारी मिश्रित शिक्षाको मोडेल पेश गर्न यस्ताे कदम चालेकाे हाे" बताए ।  गौतमले यस ब्लेन्डेड अध्ययन मोडल मार्फत कलेजले कर्पोरेट एण्ड बिज़नेस ल (LW), फाइनान्सियल रिपोर्टिं ((FR) र अडिट एन्ड एश्योरन्स (AA) जस्ता केही विषयमा ३ महिनाको सेशन प्रदान गर्ने  समेत बताएका छन्। ।

विकास चरणको क्रममा "सिड ई-एकेडेमी" बाट अनलाइन कक्षा लिएका विद्यार्थीहरूले अत्यन्त सकारात्मक प्रतिक्रिया दिएकाे कलेजले जनाएकाे छ। सिडका एक विद्यार्थी उज्ज्वलका अनुसार, "ई-एकेडेमी मार्फत व्याख्या गरिएका सबै कुराहरू संक्षिप्त, पुरा र परीक्षामुखी रहेका छन् र यो पक्कै नेपालभरि छरिएका र गुणस्तरमा सम्झौता नगरी घर वा कार्यस्थलबाट एसीसीए अध्ययन गर्न चाहाने विद्यार्थीहरूका लागि एक्दमै लाभदायक हुनेछ।"

महामारीको बीचमा पहल एक प्रशंसनीय कदम

एसीसीएमा भर्ना हुन इच्छुक तर शारीरिक कक्षामा उपस्थित हुन असमर्थ विद्यार्थीहरू काठमाडौं फिर्ता नभइ महामारीकाे बाबजुद पनि सिड ई-एकेडेमी मार्फत भर्ना हुन सक्ने छन् । यस कुराले सिड फाइनान्सियल एकेडेमी नेपालकाे एक अग्रगामी सोच भएकाे प्रख्यात एसीसीए लर्निङ्ग प्रदायक संस्था हाे भन्ने कुरा पुष्टि गरेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x