
आज होटेल उपसमूह, फाइनान्स उपसमूह र उत्पादन उपसमूह बाहेक अरू सबै उपसमूहहरू बढेका छन् । नन लाइफ इन्स्योरेन्स उपसमूह सबैभन्दा बढि ११३ .५२ अङ्कले बढेको छ भने माइक्रोफाइनान्स उपसमूह १५ .८८ अङ्कले, लाइफ इन्स्योरेन्स उपसमूह ३.९८ अङ्कले, हाइड्रोपावोर् उपसमूह ४.८१अङ्कले, विकास बैंक उपसमूह १४.८४ अङ्कले, बैकिंग उपसमूह १३.९८ अङ्कले र अन्य उपसमूह ७.१९ अङ्कले बढेका छन् ।
