जेष्ठ ८ गते देखि १३ गतेसम्म शेयर तालिम हुँदै


ज्ञानमाण्डू। साइन्टिफिक लर्निङ सेन्टर प्रा.लि.ले आधारभूत शेयर तालिमको पच्चिसाैँ ब्याच २०७८ साल जेष्ठ ८ गते देखि १३ गतेसम्म प्रत्येक दिन बेलुका ७ बजे देखि ९ बजेसम्म ZOOM मार्फत (Virtual) अनलाइन कक्षाबाट सञ्चालन गर्ने भएको छ ।

Click here to register for Share Training Program


तालिमका विशेषताहरूमा शेयर बजार र परिचय, डिम्याट खाता र मेरो शेयरको बारेमा जानकारी, प्राथमिक बजार र आईपीओ, दोस्रो बजार, शेयर बजारमा कसरी प्रवेश गर्ने ? दोस्रो बजार र शेयर मूल्य निर्धारण, परिसूचक र सर्किट ब्रेक, लाभांश र हकप्रद शेयर, बुक क्लोज र मूल्य समायोजन, आधारभूत अनुपात जस्तै : प्रति शेयर आम्दानी, मूल्य आम्दानी अनुपात, किताबी मूल्य आदी, शेयर बजारलाई प्रभाव पार्ने तत्त्वहरू के के हुन्‌? वित्तीय प्रतिवेदनका विभिन्न पक्षको जानकारी, कम्पनी छान्ने तरिका र शेयर बजारका फाइदा तथा जोखिमहरू, जोखिम न्यूनीकरण, नेपालमा अन्लाईन शेयर कारोबारको महत्त्व र यसको क्षेत्रबारे विशेष जानकारी रहेको तथा तालिम शुल्क प्रति सहभागी रु.१,५०० /- रहेको जनाइएको छ ।


साइन्टिफिक लर्निङ सेन्टरले विगत ३ वर्ष देखि सस्तो शुल्कमा खास गरेर नव प्रवेशीहरुलाई लक्षित गरी शेयर बजार सम्बन्धी विभिन्न तालिम र कार्यक्रमहरू सञ्चालन गर्दै आएको र शेयर विश्लेषक सन्तोश राज बजगाईले प्रशिक्षकको भूमिका निर्वाह गर्ने कुरा जनाइएकाे छ ।

थप जानकारीका लागि सम्पर्क टेलिफोन नम्बर ९८५११८०२२२, ९८४३३८५६५६ वा ९८५१२७५६८८ रहेको छ ।

share training in nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x