जनता बैंक गाभेको ग्लोबल आइएमई बैंककाे नाफा ३ अर्ब ५३ करोड

ज्ञानमाण्डू। जनता बैंक गाभी बिग मर्जर गर्न सफल ग्लोबल आइएमई बैंकले आ.व. २०७५/७६ को चाैथाे त्रैमास सम्ममा २ अर्ब ७५ करोड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७६/७७ को चाैथाे त्रैमास सम्ममा जनता बैंकको नाफा सहित बैंकले ३ अर्ब ५३ करोड रुपैयाँ नाफा कमाएको देखिन्छ । 

 

१८ अर्ब ९७ करोड ५८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको ग्लोबल आइएमई बैंकले २ खर्ब १२ अर्ब ३१ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ८९ अर्ब ३८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ८ अर्ब ४१ करोड रुपैयाँ छ ।

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ८ अर्ब १९ करोड रुपैयाँ पुगेकाे छ । त्यस्तै बैंङ्ककाे वितरण याेग्य मुनाफा १ अर्ब ७३ करोड २८ लाख रुपैयाँ र निष्कृय कर्जा अनुपात १.८० प्रतिशत छ । बैङ्कको प्रतिशेयर आम्दानी १६ रुपैयाँ २७ पैसा छ भने प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ ९२ पैसा छ र मूल्य आम्दानी अनुपात १४.६९ गुणा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x