ज्ञानमाण्डू।‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मुल नाराका साथ लाखौं ग्राहक महानुभावहरुमाझ गतिशील बैंकिङ्ग अभ्यासद्वारा ग्राहक केन्द्रीत आकर्षक योजनाहरु पस्किने क्रममा ग्राहक महानुभावहरुको आवश्यकता, चाहना र समय अनुरुप यस एन आई सी एशिया बैंकले अत्यन्त आकर्षक ‘डबल डिपोजिट’ योजना ल्याएको छ । विभिन्न चमत्कारीक फाईदायुक्त निक्षेप योजनाहरु सञ्चालन गर्दै आइरहेको यस बैंकले चमत्कारिक फाइदा भएको ‘डबल डिपोजिट’ मुद्धति निक्षेप योजना सार्वजनिक गरेकोे हो ।

यस योजना दिर्घकालिन रुपमा लगानी गर्न इच्छुक ग्राहक महानुभावहरुको लागि स्वर्णीम अवसर बन्ने र ग्राहक महानुभावको अहिलेको आवश्यता अनुसारको रहेको यस मुद्धति निक्षेप योजनालाई ग्राहकवर्गहरुले रुचाउने विश्वास बैंकले लिएको छ । यस योजना अन्तगर्तत दीर्घकालिन लगानी गर्न इच्छुक ग्राहक महानुभावहरूले आफुलाई सहज हुने एन आई सी एशिया बैंकको कुनै पनि शाखा कार्यलयमा गई उक्त मुद्धति निक्षेप खाता खोलि ‘डबल डिपोजिट’ को फाईदा लिन सक्नुहुने कुरा बैंकले प्रेस विज्ञप्तिद्वारा जनाएको छ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३२७ शाखा कार्यालयहरू, ४७०एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ७३ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । २२ लाख भन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.२ अर्ब ६५ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।