
ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साउन १४ गते, बिहीबारका दिन छापावाला सुनको मूल्य तोलाको ९२ हजार ४ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

अघिल्लो कारोबारी दिन अर्थात बुधबार साउन १३ गतेका दिन, छापावाला सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार सुनको मूल्यमा वृद्धि हुँदा चाँदीको मूल्य पनि सामान्य रकमले उकालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय ७० रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबारी दिन बुधबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १५ रुपैयाँले बढेको देख्न सकिन्छ ।