नयाँ वेवसाइट सहित ज्ञानमाण्डू आज देखि पूर्ण सञ्चालनमा


thumbnail

आज सोमबार "हरिबोधिनी एकादशी"को दिनबाट ज्ञानमाण्डूको नयाँ वेवसाईट डिजाईनका साथ व्यावसायिक सञ्चालन गर्दै छौ। ज्ञानमाण्डू डट कम विशुद्ध लगानीकर्ताका तथा विधार्थी का लागि तयार पारिएको समाचार पोर्टल हो। ज्ञानमाण्डू डट कम नाफा मुखी समाचार पोर्टल होइन। सत्य तथ्य समाचार र विश्लेषण पस्कनका निमित्त हामीले ज्ञानमाण्डू खोलेका हौ। 

ज्ञानमाण्डूमा हामीले कहिले पनि कोही प्रति झुकाव राखेर समाचार लेख्ने छैनौ न श्रोतको विशेष स्वार्थमा समाचार लेख्ने नै छौ। विज्ञापनदातालाई हामी सधैँ सम्मान गर्छौ तर विज्ञापनदाताको भित्री चाहनामा हामीहरूले कहिले पनि समाचार पस्कने छैनौ।  विज्ञापन दाता र समाचार दुई फरक कुरा हुन् , यो मान्यताका साथ हामी अघि बढ्दै छौ।


करिब २  महिनाको परीक्षण प्रसारणमा हामीले निकै राम्रो प्रतिक्रिया पाएका छौ। यो २  महिनाको अवधिमा हामीले धेरैको मन जित्न सफल भएका पनि छौ।  यो माया सद्भाव हामी निरन्तर चाहन्छौ। 

यो समयमा हामीलाई सहयोग गर्ने विज्ञापन दातालाई विशेष धन्यवाद। त्यस्तै नयाँ वेवसाइट बनाउन सहयोग गर्ने इसर्भिसेज नेपाल प्रालिलाई धन्यवाद दिन चाहन्छु। 

उत्सव ढकाल 

संचालक 

ज्ञानमाण्डू डट कम 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x