बार्सिलोनाद्वारा भिल्ला रियल पराजित

ज्ञानमाण्डू। स्पेनिस ला लिगा अन्तर्गत मङ्गलवार राति भएको खेलमा बार्सिलोनाले घरेलु मैदानमा भिल्ला रियललाई पराजित गरेको छ । बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा भिल्ला रियललाई २–१ गोल अन्तरले हराउँदै जीत हात पर्न सफल भएको हो । बार्सिलोनाको जितमा एन्टोइन ग्रिज्मन र आर्थरले एक एक गोल गरे ।
खेलको छैटौँ मिनेटमा नै अग्रता लिएको बार्सिलोनाका लागि ग्रिज्मनले हेडरमार्फत पहिलो गोल दर्ता गर्न सफल भए । खेलको १५ औँ मिनेटमा गोल गर्दै आर्थरले घरेलु टोलीको अग्रता दोब्बर पारेका थिए । पहिलो हाफको अन्तिम मिनेटमा प्रतिस्पर्धी टोलीका सान्टि कजोर्लाको उत्कृष्ट प्रहार गोलमा परिणत हुँदै भिल्लारियल खेलमा फर्किएको थियो ।तर कजोर्लाको यो गोलले भिल्ला रियलको हार टार्न भने सकेन । दोस्रो हाफमा दुवै टोलीले थप गोल गर्न नसके पश्चात् खेल २-१ मा समाप्त भएको थियो । चोटका कारण कप्तान मेस्सी भने दोस्रो हाफमा मैदानमा उत्रेनन् ।
यस जितसँगै बार्सिलोनाले ६ खेलबाट १० अङ्क जोड्दै बार्सिलोना अङ्क तालिकाको चौथो स्थानमा उक्लिएको छ । भिल्ला रियल ८ अङ्क सहित तालिकाको आठौँ स्थानमा छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x