सुुरक्षा योजनाअन्तर्गत यात्रु सहायता कक्ष

ज्ञानमाण्डू।जिल्ला प्रहरी कार्यालयले पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित पोखरा बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले शनिबार सो सहायता कक्षको उद्घाटन गरे । त्यसैगरी बाग्लुङवसपार्कमा समेत सहायता कक्ष राखिने प्रहरीले जनाएको छ । सहायता कक्षमा एक ट्राफिक प्रहरी तथा एक जनपथ प्रहरीले सेवाग्राहीका गुनासा सुन्ने र समाधान गर्नेछन् । 

आउँदै गरेको विजयादशमी, शुभदीपावली, छठ तथा ईदपर्वलाई लक्ष्य गरी तयार गरिएको ‘चाडपर्व विशेष सुरक्षा योजना’ अन्तर्गत २४सैं घण्टा सेवा प्रवाह गर्ने गरी यात्रु सहायता कक्षको स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चाडपर्वका बेला सवारी आवागमनमा वृद्धि, ट्राफिक व्यवस्थापन, बढी भाडा असुली, क्षमताभन्दा बढी यात्रु बोक्ने तथा सवारी दुर्घटना हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै सहायता कक्षको स्थापना गरिएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए । 

त्यसैगरी प्रहरीले स्थलमार्गबाट गण्डकी प्रदेशको राजधानी पोखरा भित्रिने मुख्य नाका छोरेपाटन, मजुवा र जौबारीमा यात्रुसँग ‘एक मिनेट कार्यक्रम’ सञ्चालन गरी गुनासा सुन्ने र कोरोना सचेतनालगायत बारेमा जानकारी गराउन शुरु गरेको छ । विजयादशमीलगायत ठूला चाडपर्वलाई लक्ष्य गरी जिल्लामा सम्भावित आपराधिक गतिविधि नियन्त्रणका लागि सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको छ । 

गण्डकी प्रदेशको राजधानी शहरसमेत रहेको पोखरामा सम्भावित चोरी, डकैती, लुटपाट तथा अन्य जघन्य प्रकृतिका घटना हुन नपाउने व्यवस्था मिलाउने तथा यात्रुलाई लठठ्याइ हुनसक्ने लुटपाट, ठगीलाई नियन्त्रण गर्ने उद्देश्यसहित प्रभावकारी सुरक्षा प्रबन्ध मिलाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए । चाडपर्वका बेला शहर तथा गाउँमा समेत भीडभाड बढ्ने तथा यात्रुहरुसँग तोकिएको भन्दा बढी भाडा दिन बाध्य बनाउने तथा जनस्वास्थ्यलाई ध्यानमा राखी गुणस्तरहीन, अखाद्य तथा मिसावटयुक्त खाद्यवस्तुको बिक्री वितरणलाई नियन्त्रण गरिने बताइन्छ । 

यस अवधिमा अपराध घट्न सक्ने सम्भावित स्थानको पहिचान गरी प्रहरीको विशेष टोली परिचालन गरिने र धार्मिकस्थलमा कोरोना सङ्क्रमणलाई मध्यनजर गरी अनावश्यक जमघटलाई निरुत्साहित गर्ने गरी कार्ययोजना बनाइएको छ । सुरक्षा कार्ययोजनालाई प्रभावकारी कार्यान्वयनका लागि जिल्लामा ७०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने जनाइएको छ ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x