कामना सेवा विकास बैंकको साधारणसभाले ९.५ प्रतिशत लाभांश पारित गर्याे

ज्ञानमाण्डू। कामना सेवा विकास बैंकले ९ दशमलव ५ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ । बैंकको आज बसेको १२ औँ साधारण सभाले चुक्ता पूँजीको ८ प्रतिशत नगद र १ दशमलव ५ प्रतिशत बोनस सेयर गरी कुल ९ दशमलव ५ प्रतिशत लाभांश पारित गरेको हो ।
बैंक सञ्चालक समितिका अध्यक्ष सुदिप आचार्यले उक्त साधारण सभामा बैंकको आर्थिक वर्ष २०७४/०७५ को वासलात, नाफा/नोक्सान हिसाब, नगद प्रवाह विवरण र सो सँंग सम्बन्धित अनुसूचीहरु र देशको आर्थिक तथा बैकिङ्ग क्षेत्रको अवस्थातथा चालु आर्थिक वर्ष २०७५/ ०७६ को चैत्र मसान्तसम्मको कार्य सम्पादनको संक्षिप्त विवरण र भावीकार्य योजना समेत प्रस्तुत गरे ।
बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले चालु आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रम अनुसार निर्धारण गरिएका लक्ष्यहरु हासिल हुनेगरी कार्यक्रम संचालन गरेको तथा यस बैंकको भावी रणनीति प्रस्तुत गर्दे यस बैंकलाई अत्याधिक प्रतिस्पर्धात्मक वजारमा एक अब्बल विकास बैंंकको रुपमा स्थापति गराउने कार्ययोजना सहित अगाडि बढेको बताए ।
हाल बैंकको चुक्ता पूँजी २ अर्ब ५० करोड २६ लाख ५५ हजार ५ सय १९ रुपैयाँ छ । बोनस वितरणपछि २ अर्ब ५४ करोड १ लाख ९५ हजार ३ सय ५१ रुपैयाँ पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x