गुराँस लघुवित्तको खुद ब्याज आम्दानीमा १५.५ प्रतिशतको गिरावट

Gurans Laghubitta Bittiya Sanstha Limited

ज्ञानमाण्डू। आ.व. २०७८/७९ को चौथो त्रैमास सम्ममा गुराँस लघुवित्त वित्तीय संस्थाकाे व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १५.५ प्रतिशतले घटेर ६ करोड ८० लाख रुपैयाँ पुगेको छ ।

गुराँस लघुवित्तको नाफा ४२.२७ प्रतिशतले घटेकाे छ । आ.व. २०७७/७८ को चौथो त्रैमास सम्ममा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले २ कराेड २० लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को चौथो त्रैमास सम्ममा लघुवित्तले १ कराेड २७ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

९ करोड ७५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको गुराँस लघुवित्तले १ अर्ब २२ कराेड ८४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, गुराँस लघुवित्तले ८४ करोड ८३ लाख रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा ३ करोड २९ लाख रुपैयाँ रहेको छ।

लघुवित्तमा निष्क्रिय कर्जा अनुपात ४.१२ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ०७ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ ७७ पैसा छ र पछिल्लाे काराेबार मूल्य रू १०६३ काे आधारमा मूल्य आम्दानी अनुपात ८१.३३ गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x