मासिक ३३३ रुपैयाँमै Wifi Nepal को इन्टरनेट सेवा

wifi nepal

ज्ञानमाण्डू। इन्टरनेट मानिसको जीवनको अभिन्न आवश्यकता हो भन्दा फरक नपर्ला किन भने हाल मानिसहरू इन्टरनेटमा अनगिन्ती समय खर्चिने गर्दछन्। नेपालको सन्दर्भमा पनि इन्टरनेटका प्रयोग कर्ताहरू व्यापक रूपमा वृद्धि भई रहेका छन्। चाहे कामको सिलसिलामा होस् अथवा पढाइ सम्बन्धी क्रियाकलाप नै किन नहोस् अहिले सबै क्रियाकलापहरू इन्टरनेट मार्फत नै बढ्दो क्रममा भई रहेको अनुभव गर्न सकिन्छ।

इन्टरनेट सेवा प्रदान गर्ने संस्थालाई इन्टरनेट सेवा प्रदायक अर्थात् Internet Service Provider (ISP) भनिन्छ। नेपालमा पनि विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरू सञ्चालनमा रहेका छन् , जस्तै Worldlink, Classic Tech, Subisu, Vianet, Nepal Telecome FTTH, DishHome Fibernet, CG Net र Wifi Nepal। इन्टरनेट प्रयोगकर्ताको सङ्ख्यामा वृद्धि हुनुका साथै नयाँ सेवा प्रदायक कम्पनीहरू पनि सञ्चालनमा आउने क्रम जारी रहेको छ।

भर्खरै इन्टरनेट सेवा सञ्चालनमा ल्याएको Wifi Nepal ले "स्पिड पनि, सस्तो पनि" नाराका साथ नेपालमा सेवा सुरुवात गरेको छ। सो इन्टरनेट सेवा प्रदायक कम्पनीले "सस्तोमा राम्रो इन्टरनेट चलाउने मास्टर Plan" नाराका साथ हाल Master Plan अन्तर्गत ३० MBPS र ५० MBPS गतिको इन्टरनेट सेवा नेपालमा सञ्चालन गरिरहेको छ।
३० MBPS गतिको इन्टरनेट सेवाको वार्षिक ४ हजार रुपैयाँमा अर्थात् मासिक ३३३ रुपैयाँमा प्रदान गरिरहेको छ भने ५० MBPS गतिको इन्टरनेट सेवा वार्षिक ५ हजार रूपैँयामा अर्थात् मासिक ४१७ रूपैयाँमा प्रदान गरिरहेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x