सिटिजन लाइफ इन्स्योरेन्सको नाफामा २२ प्रतिशतको वृद्धि

ज्ञानमाण्डू। सिटिजन लाइफ इन्स्योरेन्सको नाफा २२ प्रतिशतले वृद्धि भएको छ । गत आ.व.को यसै अवधिमा कम्पनीले ५ करोड १ लाख रुपैयाँ खुद नाफाआर्जन गरेको थियो भने चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्म कम्पनीले ६ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको देखिन्छ भने एक्चुरी मूल्याङ्कन पछि कम्पनीको नाफा बृद्धि हुने गरेको छ।  

१ अर्ब ७५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको सिटिजन लाइफ इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन ८२ दशमलव ४९ प्रतिशतले वृद्धि भएर ३३ करोड ३५ लाख २१ हजार रुपैयाँबाट चालु आर्थिक वर्षको प्रथम त्रैमासको अवधिसम्ममा ६० करोड ८६ लाख ७३ हजार रुपैयाँ पुगेकाे छ ।

कम्पनीको जीवन बीमा कोष २ अर्ब ८२ लाख ८५ हजार रुपैयाँ पुगेको छ भने जगेडा कोषमा ५४ करोड ३९ लाख ३८ हजार रुपैयाँ रहेको देखिन्छ र  महाविपत्ती कोषमा ४ करोड ७० लाख ७६ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा कम्पनीले १२ करोड ७३ लाख १२ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ भने  गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ करोड ५ लाख ५६ रुपैयाँ हजार मात्र खुद दाबी भुक्तानी गरेको थियो ।

कम्पनीले कुल जारी बीमा लेखको संख्या ४२ लाख ३७ हजारबाट बढाएर ५८ लाख ९७ हजार पुर्याएको छ ।

Citizen Life Insurance

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x