कामना सेवाको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

ज्ञानमाण्डू।कामना सेवा विकास बैंकले माघ २२ गतेदेखि निष्काशन गरेको ‘कामना सेवा विकास बैंक डिबेन्चर २०८७ ’ नामक ऋणपत्रमा आवेदन दिने आज बिहीबार (फागुन ६ गते) अन्तिम दिन रहेको छ । आज कार्यालय समयभित्र ऋणपत्रमा आवेदन दिन सकिनेछ । 

बैंकले माघ २२ गतेदेखि १ अर्ब रुपैयाँ बराबरको १० लाख इकाई ऋणपत्र निष्काशन गरेको हो । यसमध्ये ४ लाख इकाई बराबरको ऋणपत्रमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । 

बाँकी ६ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थाहरुलाई बिक्री गर्ने जानकारी दिएको छ । यस ऋणपत्रद्वारा वार्षिक ९ दशमलव ५ प्रतिशत ब्याज आर्जन गर्न सकिने छ । बैंकले १० वर्ष अवधिको ‘कामना सेवा विकास बैंक डिबेन्चर २०८७ ’ नाममा यस ऋणपत्र बिक्री खुला गरेको हो । यस ऋणपत्रको बिक्री प्रबन्धक एनआइबीएल एस क्यपिटलले गरेको छ । 

ऋणपत्रमा प्रतिइकाई १ हजार रुपैयाँको दरले आवेदन दिनुपर्नेछ । न्यूनतम २५ कित्तादेखि अधिकतम २० हजार कित्तासम्म भर्न पाइने यस ऋणपत्रमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। यसका साथै सर्वसाधारण लगानीकर्ताले मेरोशेयर सफ्टवेयर प्रयोग गरी पनि आवेदन दिन सक्नेछन्। यस प्राथमिक ऋणपत्रमा आज बिहीबार (फागुन ६ गते) कार्यालय समयसम्म आवेदन दिन सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x