नबिल बैंकको नाफा २ अर्ब १ करोड, प्रतिशेयर आम्दानी ४० रुपैयाँ ४ पैसा

nabil bank

ज्ञानमाण्डू। नबिल बैंकको नाफा १.२७ प्रतिशतले घटेकाे छ । आ.व. २०७६/७७ को दाेस्राे त्रैमास सम्ममा बैङ्कले २ अर्ब ४ करोड १८ लाख ६१ हजार रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७७/७८ को दाेस्राे त्रैमास सम्ममा बैंकले २ अर्ब १ करोड ६० लाख २३ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ ।


१३ अर्ब ४८ करोड १ लाख ५९ हजार रुपैयाँ चुक्ता पुँजी रहेको नबिल बैंकले २ खर्ब १४ करोड ९४ लाख २९ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७० अर्ब ५२ करोड १६ लाख ४४ हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा १३ अर्ब ५२ करोड १ लाख १९ हजार रुपैयाँ र संचित मुनाफा १ अर्ब ८५ कराेड ८५ लाख ८७ हजार रूपैयाँ रहेको छ ।
 
बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ९.५३ प्रतिशतले घटेर ३ अर्ब १२ करोड २६ लाख ३९ हजार रुपैयाँ पुगेकाे छ । त्यस्तै बैंङ्ककाे वितरण याेग्य मुनाफा १ अर्ब ८४ कराेड २८ लाख ६१ हजार रुपैयाँ र निष्कृय कर्जा अनुपात ०.६ प्रतिशत छ भने बैङ्कको प्रतिशेयर आम्दानी ४० रुपैयाँ ४ पैसा रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x