विद्यार्थीहरूले पढाइप्रतिको ढिलासुस्ती कम गरी पढाइमा केन्द्रित हुने उपायहरू : उत्सव ढकाल


पढाइमा उत्साहजनकरुपमा लगनशील हुने विद्यार्थीहरूको सङ्ख्या कमै हुन्छ । जब परीक्षा आउँछ अनि हामीहरू हतार हतारमा रातारात आफूलाई जबरजस्तीरुपमा पढाइमा समर्पित गर्ने प्रयास गर्दछौँ फलस्वरूप हामी अझ बढी अलमल र दोधारमा पर्दछौ। यहाँ यस्ता केही उपायहरूको बारेमा प्रस्तुत गरिएको छ कि जसको प्रयोगले विद्यार्थीहरूमा रहेको पढाइप्रतिको शिथिलता र ढिलासुस्ती कम गरी पढाइमा केन्द्रित हुन मद्दत पुर्यांउदछन् ।



१. आफ्नो पढाइप्रतिको शिथिलता तथा ढिलासुस्तीको कारण पत्ता लगाउनुहोस् ।
यदि तपाईँमा पढाइप्रति शिथिलता छ र आज नपढौ भोलि पढौला भन्ने स्वभाव छ भने त्यस्तो स्वभाव हुनुमा खास कारणहरू हुन सक्छन् । जस्तैः तपाइ आफ्नो पढाइको वास्तविक लक्ष्य तथा उद्देश्यमा स्पष्ट हुनुहुन्न कि ? कुनै विषयमा आफूले राम्रो गर्न सक्छु भन्ने भावना छैन कि ? पढाइप्रतिको कुनै अवरोध थाहाहुदा हुँदै पनि त्यसलाई हटाउनु भएको छैन कि ? तपाइ शारीरिक वा मानसिक रूपमा थकित हुनुहुन्छ कि ? पढाइ कहाँबाट सुरु गर्नै भन्नेमा अलमल हुनुहुन्छ कि ? अतः केही समय यस्ताकारणहरु पत्ता लगाउन सोच्नु होस र खास कारण पत्ता लगाई सो को निवारणका लागि उपयुक्त उपायको अवलम्बन गरी पढाइमा केन्द्रित हुनुहोस् ।

२. पढाइलाई सत्र (session) मा विभाजन गरी अध्ययन गर्ने र बिच बिचमा विश्राम लिने बानी बसाल्नुहोस् ।
एकै पटकको बसाइमा लामो समय सम्म नपढ्नु होस् । पढाइलाई सत्र–सत्रमा विभाजन गरी प्रत्येक सत्रमा विश्राम लिनुहोस् । सामान्यतया एक पटकको बसाइमा ३० देखि ४५ मिनेट सम्म पढ्नु उपयुक्त मानिन्छ । एक पटकको बसाइमा २-३ घण्टा पढ्दा पढाइमा ध्यान केन्द्रित नहुने कुरा अनुसन्धानले देखाएको छ । अतः ३० देखि ४५ मिनेट सम्म पढेर ५-१० मिनेट विश्राम लिने बानी बसाल्नुहोस् ।

३. एक दिनमा पुरा गर्ने पढाइसम्बन्धी चार पांच वटा पढाइको सूचि बनाउनुहोस् ।
यदि तपाइले एकै दिन वा एकै बसाइमा धेरै पाठहरू पढ्ने गरी सूचि बनाउनु भयो भने तपाइको मनोभावनामा नै भार महसुस हुन्छ र पढाइ प्रति शिथिलता सिर्जना हुन्छ । अतः पढाइ सुरु गर्नुभन्दा पहिला सो दिन पुरा गर्ने चार पांचबटा कामको सूचि बनाउनु होस र त्यसैमा केन्द्रित भएर पढाइलाई अगाडि बढाउनुहोस् । जस्तै: आज विज्ञान विषयको पेज नं.१० देखि २० सम्म पढ्ने, अङ्ग्रेजीको वर्तमान काल पढ्ने आदि ।



४. सम्भव भएसम्म प्रत्येक दिन एउटै समयमा पढ्ने बानी बसाल्नुहोस् ।
सफल विद्यार्थीहरू हर बखत इच्छाशक्तिमा मात्र भर पर्दैनन् बरु तिनीहरू तालिका र निश्चित तरिकालाई निरन्तरता दिन सके इच्छाशक्ति पनि स्वतहः जागृत हुन्छ भन्ने मान्यता राख्दछन् । अतः सम्भव भएसम्म प्रत्येक दिन एउटै समयमा पढ्ने बानी बसाल्नुहोस् ।

५. एकैचोटी धेरै कामहरू नगर्नुहोस् ।
अनुसन्धानले देखाएको छ कि एकैचोटी धेरै कामहरू गर्ने प्रयास गर्दा कुनैमा पनि आवश्यक ध्यान केन्द्रित हुन सक्दैन बरु एक बाट अर्को काममा फड्को मार्ने प्रयास मात्र हुन्छ । अतः एउटा काम सकिए पछि विश्राम लिएर मात्र अर्कोमा केन्द्रित हुनुहोस् ।

६. पढ्न बस्नुभन्दा पहिला एकाग्रतामा अवरोध ल्याउने चिजहरू हटाउनुहोस् ।
पढ्न बस्नुभन्दा पहिला एकाग्रतामा अवरोध ल्याउने चिजहरू हटाउन आवश्यक छ । अतः मोबाइल फोन तथा ल्यापटप स्विच अफ गरी अर्को कोठामा राख्नुहोस्, टी.भी बन्द गर्नुहोस्, पढ्ने टेबलमा रहेका अन्य किताब तथा चिजबस्तुहरु हटाउनुहोस् ।

७. सम्भव भएसम्म सधैँ एउटै स्थानमा पढ्ने बानी बसाल्नुहोस् ।
पढ्नको लागि सम्भव भए सम्म एउटै स्थानको छनौट गर्नुहोस् र सधैँ सोही स्थानमा पढ्ने गर्नुहोस् । पढ्नको लागि टेबल नै प्रयोग गर्दा उपयुक्त हुन्छ , बिछ्यौनामा बसेर नपढ्नु होस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x