अब विद्यालयमै ‘नर्सिङ सेवा’


ज्ञानमाण्डू।विद्यालयमा आउने स्वास्थ्य समस्या तथा सचेतनाका लागि बागलुङ नगरपालिकाका पाँच विद्यालयमा स्वास्थ्य तथा नर्सिङ सेवा लागू भएको छ । 

विद्यालयका छात्रालाई लक्षित गरी नेपालका विभिन्न स्थानीय तहमा नर्सिङ तथा स्वास्थ्य सेवा सञ्चालन गर्ने उद्देश्यसाथ उक्त सेवा सञ्चालनका लागि बिहीबार स्वास्थ्य मन्त्रालयको नर्सिङ महाशाखा, नगरपालिका र पाँच विद्यालयबिच सम्झौता भएको नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिए । 
विद्यामन्दिर, रुद्रेपिपल, गणेश, बौडेचौर र तितौरे माध्यमिक विद्यालयमा नर्सिङ तथा स्वास्थ्य सेवा कार्यक्रम लागू गरिएको हो । मन्त्रालयका नर्सिङ महाशाखाका अनुसार विद्यालयमा एक–एक नर्ससहित आवश्यक औषधि र सामान्य उपकरणको व्यवस्था गरिनेछ । 

विद्यालयको भौगोलिक अवस्था, विद्यार्थी सङ्ख्या अधिक तथा स्वास्थ्य सेवा टाढाजस्ता सूचकका आधारमा पहिलो चरणमा ती विद्यालय छनोट गरिएको महाशाखाका प्रशासक बाला राईले जानकारी दिए । “हामीले विद्यालयस्तरबाटै स्वास्थ्य सेवा प्रदान गर्न नयाँ अवधारणा ल्याएका हौँ”, प्रशासक राईले भने , “छात्राको महिनावारीको अवस्थामा गरिने स्वास्थ्य हेरचाहदेखि आकस्मिक दुर्घटनामा प्राथमिक उपचारसम्मको व्यवस्था गरिनेछ ।” 

नर्सिङ महाशाखाले विद्यालयमा नर्सको दरबन्दी, औषधि तथा आवश्यक पर्ने सम्पूर्ण वस्तु उपलब्ध गराउनेछ । कार्यक्रम सुरु भएको एक वर्षपछि कार्यविधिअनुसार प्रदेश तथा स्थानीय सरकारलाई हस्तान्तरण गर्ने योजना रहेको नर्सिङ प्रशासक राईले जानकारी दिए । 

उक्त सेवा सम्झौता भइसकेपछि दरबन्दीअनुसारको विज्ञापन गरेर तत्कालै लागू गरिनेछ । प्रशासक राई, नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत डण्डपाणि शर्मा र सम्बन्धित विद्यालयका प्रधानाध्यापकले नर्सिङ स्वास्थ्य सेवाको सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । नेपालमा भर्खरै मात्र विद्यालयस्तरबाटै स्वास्थ्य सचेतना तथा सामान्य औषधि उपचारका लागि सुरु भएको नर्सिङ स्वास्थ्य सेवा प्रदेश एक, दुई र तीनले केही स्थानीय तहका विद्यालयमा लागू गरिसकेको नर्सिङ महाशाखाले जनाएको छ । स्वास्थ्य मन्त्रालयले गण्डकी प्रदेशको बागलुङ नगरपालिकामा उक्त कार्यक्रम सुरु गरेको हो । 

नर्सिङ स्वास्थ्य सेवाले स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका विद्यार्थी लाभान्वित हुने अपेक्षा गरिएको छ । कार्यक्रममार्फत स्वस्थ रहन आवश्यक खानपान, व्यायाम, औषधि उपचार सेवालगायतका विषयमा जानकारी गराइने छ ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x