अन्तर्राष्ट्रिय भेट्रान्स फुटबलको उपाधि टी बर्गर ललितपुरलाई

ज्ञानमाण्डू।पोखरामा सञ्चालन भएको ‘तेस्रो रञ्जित गुरुङ स्मृति तथा नवौँ बगर भाइ खलक भेट्रान एट–ए–साइड’ अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि टी बर्गर भेट्रान्स ललितपुरले जितेको छ । 

बगर भाइ खलकको आयोजनामा यही माघ ६ गतेदेखि सुरु प्रतियोगिताको शनिवार भएको फाइनल खेलमा टी बर्गरले घरेलु टोली एबिसी भेट्रान्स पोखरालाई २–१ गोल अन्तरले पराजित गरी उपाधिसहित रु एक लाख ११ हजार १११, ट्रफी तथा प्रमाणपत्र पुरस्कार प्राप्त गर्न सफल भयो । 

उपविजेता बनेको एबिसीले रु ५५ हजार ५५५ मा चित्त बुझायो । टी बर्गरका लागि दुवै गोल जियाराम भुजेलले गरेका थिए । खेलको ‘म्यान अफ दी म्याच’ बन्न सफल भएका भुजेलले खेलको पहिलो तथा दोस्रो हाफमा एक-एक गोल गरेका थिए भने एविसिका विजय गुरुङले दोस्रो हाफमा एक गोल फर्काएका थिए । 

टी बर्गरका नरेन्द्र लिम्बू प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै रु १० हजार तथा ट्रफी प्राप्त गरेका छन् । उत्कृष्ट गोलकिपर एविसिका रविन शाही, मिडफिल्डर टी बर्गरमा टियाराम भुजेल, डिफेन्डर एबिसीका विश्वलाल श्रेष्ठ तथा फरवार्ड टी बर्गरका शुक्र तामाङ घोषित हुँदै जनही रु पाँच हजार पुरस्कार प्राप्त गरेका छन् । 

विजेता टोली तथा सर्वोत्कृष्ट खेलाडीलाई गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, गण्डकी प्रदेशसभा सदस्य एवं सत्तारुढ नेकपाका जिल्ला अध्यक्ष कृष्णबहादुर थापा, वडाध्यक्ष, आयोजक संस्थाका पदाधिकारी लगायतले पुरस्कार वितरण गरेका थिए  । 

प्रतियोगितामा देशका विभिन्न नौ जिल्ला र भारतका दुई टोली गरी २८ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । अग्रज खेलाडीको सम्मान, समकालीनलाई व्यायाम र नयाँ पिँढीलाई खेलकुद र स्वास्थ्यप्रति जागरूक बनाउँदै ४० वर्षदेखि ६५ वर्ष उमेर समूहका पाका खेलाडीको खेलबाट नयाँ पिँढीलाई खेलकुदप्रति अभिरुचि जगाई भविष्यमा देशका लागि आवश्यक राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने लक्ष्यसहित विसं २०६८ देखि निरन्तर खलकले प्रतियोगिता प्रतियोगिता गर्दै आएको छ ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x