महिला लघुवित्तको आईपीओमा हालसम्मकै उच्च आवेदन

ज्ञानमाण्डू। महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा परेको आवेदनले हालसम्मकै सर्वाधिक उच्च रेकर्ड कायम गरेको छ। लघुवित्तको आईपीओमा आवेदन दिने अन्तिम दिन बुधबार बेलुकासम्ममा १५ लाख ८० हजार ७८१ आवेदकबाट २ अर्ब ४६ करोड ६६ लाख १७ हजार रुपैयाँ बराबरको शेयर माग गरिएको हो ।

बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङका अनुसार बुधबार साँझ कार्यालय समय सम्म २ करोड ३४ लाख ३३ हजार ७७० कित्ताका लागि आवेदन परेको हो । सर्वसाधारका लागि बिक्री खुला गरिएको कुल ३ लाख ७५ हजार कित्तामा सर्वसाधारण लगानीकर्ताले ६५ दशमलव ७२ गुणा बढी अर्थात २ करोड ३४ लाख ३३ हजार ७७० कित्ताका लागि आवेदन दिएका छन् । लघुवित्तको आईपीओमा १५ लाख ८० हजार ७८१ आवेदकले आवेदन दिएका छन् ।यसअघि नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) को आईपीओमा १५ लाख ५० हजार आवेदन परेको थियो ।

महिला लघुवित्तले आइपीओमा आवेदन दिने म्याद १ दिन थप गरी बुधबार (फागुन ५ गते) सम्म पुर्याएको हो । यसअघि लघुवित्तले माघ ३० गतेबाट फागुन ४ गतेसम्म म्याद तोकी कुल ४ लाख कित्ता आइपीओ बिक्री खुला गरेको थियो । तर माघ ३० गते सोनाम लोसारका अवसरमा सार्वजनिक विदा परेपछि १ दिन थप गरिएको हो ।

लघुवित्तले जारी पूँजी १० करोड रुपैयाँको ४० प्रतिशतले हुन आउने रकम ४ करोड रुपैयाँ बराबरको प्राथमिक शेयर(आईपीओ) निष्काशन गरेको हो । लघुवित्तले निष्कासनमा ल्याएको कुल ४ लाख कित्ता शेयर मध्ये ० दशमलव ५ प्रतिशतले हुन आउने (५ हजार कित्ता) कम्पनीका कर्मचारीरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत (२० हजार कित्ता) शेयर म्युचुअल फन्डलाई बाँडफाँट गरि बाँकी रहेको ३ लाख ७५ हजार कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने लघुवित्तले जनाएको छ ।

हाल महिला लघुवित्तको चुक्ता पुँजी ६ करोड रुपैयाँ छ भने आइपीओ बिक्रीपछि पुँजी १० करोड पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x