काठमाडौँ पश्चात् बैङ्क तथा वित्त संस्थाहरूको सर्वाधिक शाखा सञ्जाल हुने जिल्ला रुपन्देही


ज्ञानमाण्डू। काठमाडौँ जिल्ला पश्चात् बैङ्क तथा वित्त संस्थाहरूको सर्वाधिक शाखा सञ्जाल हुने जिल्ला रुपन्देही भएको छ। आफ्नो व्यापार र व्यवसाय वृद्धि गर्ने अभिप्रायले बैङ्क तथा वित्तीय संस्थाहरूले नेपाल अधिराज्यभर आफ्नो शाखा सञ्जाल विस्तार गर्दै आइरहेको हामी सबैलाई ज्ञात भएकै कुरा हो। नेपाल राष्ट्र बैङ्कद्वारा जारी तथ्याङ्कलाई आधार मान्दा २०७८ श्रावण मसान्त सम्ममा काठमाडौँ जिल्लामा वाणिज्य बैङ्कका ८२४, विकास बैङ्कका १३१ र फाइनान्सका ४४ वटा गरेर जम्मा ९९९ वटा शाखाहरू सञ्चालनमा रहेका छन् भने रुपन्देही जिल्लामा वाणिज्य बैङ्कका २२०, विकास बैङ्कका ६९ र फाइनान्सका २० वटा गरेर जम्मा ३०९ वटा शाखाहरू सञ्चालनमा रहेका छन् ।

१० लाख ९१ हजार जनसङ्ख्या रहेको रुपन्देही जिल्लामा औसतमा प्रति शाखा ३ हजार ५ सय ३१ जनसङ्ख्या रहेको देखिन्छ । रुपन्देहीमा देशकै आर्थिक केन्द्र भैरहवा हुनु, बढ्दो औद्योगिकीकरण हुनु, भौतिक पूर्वाधारहरूको विकासमा वृद्धि हुनु, गौतम बुद्धको जन्म स्थल लुम्बिनी एक आकर्षक पर्यटकीय गन्तव्य हुनु, होटेल तथा पर्यटन पूर्वाधारहरुकाे विकास हुनु र आर्थिक गतिविधिहरूमा व्यापक वृद्धि हुनु नै बैङ्क तथा वित्त संस्थाहरूका लागि यस क्षेत्रमा शाखा सञ्जाल विस्तार गर्नुको मुख्य आधारहरू हुन सक्दछन् ।

तथ्यांक श्रोत: नेपाल राष्ट्र बैंक 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x