
ज्ञानमाण्डू।नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बैशाख २७ गते, सोमबारका दिन छापावाला सुनको मूल्य तोलाको ९२ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

अघिल्लो कारोबारी दिन अर्थात आइतबार बैशाख २६ गतेका दिन छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार सुनको मूल्यमा वृद्धि भएसँगै चाँदीको मूल्यमा पनि वृद्धि आएको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा किनबेच हुँदैछ । आइतबार नेपाली बजारमा चाँदी प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १५ रुपैयाँले उकालो लागेको देख्न सकिन्छ ।