यहि अषाढ ४ गते देखि ७ गतेसम्म नबिल बैंकको सम्पूर्ण बैंकिङ्ग कारोबारहरु पूर्ण रुपमा बन्द


ज्ञानमाण्डू।नबिल बैंक लिमिटेडले बैंकको Core Banking System (CBS) स्तरोन्नति गर्नुपर्ने भएका कारण यहि मिति २०७८/०३/०४ गते शुक्रबार दिउसो ४ बजे देखि २०७८/०३/०७ गते सोमबार बिहान ९ बजे सम्म बैंकको सम्पूर्ण शाखाहरु, इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, ATM, Card (Credit/Prepaid Card बाहेक), रेमिट्यान्स लगाय सेवाहरु एवम बैंकिङ्ग कारोबारहरु पूर्ण रुपमा बन्द रहने व्यहोरा आफ्ना ग्राहकवर्गहरुमा अवगत गराएको छ ।

बैंकिङ्ग कारोबारहरु बन्द रहने मितिमा आईपर्न सक्ने कारोबारहरुको लागि सम्बन्धित कार्यालयमा अग्रिम रूपमा सम्पर्क गर्न बैंकले आफ्ना ग्राहकवर्गहरुमा अनुरोध गरेको छ। यसबाट ग्राहक महानुभावहरुमा पर्न जाने असुविधा प्रति बैंक क्षमाप्रार्थी रहेको बैंकले जनाएको छ। थप जानकारीको लागि बैंकको ग्राहक सेवा केन्द्रको सम्पर्क नम्बर ०१-५९000१५ मा तथा बैंकको वेबसाइटमा उल्लेख गरिएका शाखा प्रबन्धकहरुलाई सम्पर्क गर्न सकिने बैंकले उल्लेख गरेको छ। 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x