एन आई सी एशिया बैंकको 'Celebrate Love with NIC ASIA Bank' नामक Valentine's Day विशेष योजना

nic asia bank

ज्ञानमाण्डू। पछिल्लो समय युवा पुस्ताहरू माझ लोकप्रिय रहेको फेब्रुअरी १४ तारिखका दिन मनाइने Valentine's Day को अवसरमा एन आई सी एशिया बैंकले 'Celebrate Love with NIC ASIA Bank' भन्ने योजना सार्वजनिक गरेको छ । यस योजना अनुसार बैंकले ग्राहकहरूलाई लक्षित गरी मोबाइल बैंकिङ्ग, डेबिट वा क्रेडिट कार्ड, QR भुक्तानी तथा IPG Gateway च्यानलहरू मार्फत डिजिटल कारोबार गर्न उत्प्रेरित गर्ने हेतुले  डिजिटल च्यानलमार्फत कारोबार गर्ने २० जना भाग्यशाली ग्राहकहरूलाई नेपालको उत्कृष्ट तारे होटलमा Valentine's Dya को दिन डिनर गर्ने आकर्षक अवसर प्रदान गर्ने जनाएकाे छ ।


बैंकले मिति २०७७/१०/२८ गतेदेखि २०७७/११/०१ गतेसम्म सञ्चालन हुने यस योजनालाई मोबाइल बैंकिङ्ग सेवामार्फत QR कोड स्क्यान गरी कारोबार गर्ने, विभिन्न घरायसी बिलहरूको भुक्तानी डिजिटल च्यानलमार्फत गर्ने, डेबिट वा क्रेडिट कार्डमार्फत POS द्वारा भुक्तानी गर्ने र ई–कमर्शमार्फत कारोबार गर्ने गरी ४ वटा च्यानलबाट प्रतिच्यानल ५ जना गरी कुल २० जना भाग्यशाली ग्राहकहरूलाई गोलाप्रथा मार्फत छनौट डिनरको लागि समावेश गरिने जनाएको छ । योजना अवधिभर रू. ५०० भन्दा बढीको कारोबार गर्ने ग्राहकहरूलाई मात्र गोलाप्रथामा सामेल गरिनेछ भने सो रकमभन्दा बढी कारोबार गर्ने ग्राहकहरूको विजेता बन्ने उच्च सम्भावना रहनेछ । काठमाडौं बाहिर देशको जुनसुकै ठाउँबाट यस योजनामा समावेश भई विजेता छनौट भएका ग्राहकहरूको लागि उनीहरूलाई पायक पर्ने नजिकको तारे वा सो सरहको होटलमा आकर्षक डिनरको व्यवस्था गरिनेछ । उल्लेखित ४ च्यानलमार्फत सबैभन्दा बढी कारोबार गर्ने १/१ जनालाई बैंकले थप आकर्षक उपहारको व्यवस्था मिलाएको छ । त्यसैगरी नयाँ ग्राहकहरूलाई लक्षित गरी योजना अवधिभर डिजिटल च्यानलबाट पहिलो कारोबार गर्ने मध्येबाट प्रथम १०० जनालाई बैंकले रू. १०० को मोबाइल टपअप प्रदान गर्ने योजना ल्याएको छ । यस योजनामा वालेट लोड, अन्य बैंक वा यसै बैंकको अन्य खातामा रकम स्थानान्तरणलाई भने योजनामा समावेश गरिएको छैन । यस योजनाबाट ग्राहकहरूलाई भौतिक कारोबारबाट डिजिटल कारोबारतर्फ आकर्षित गर्न योगदान पुग्ने विश्वास रहेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x