ज्ञानमाण्डू।आइएमई ग्रुपले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तेस्रो आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन टेनिस प्रतियोगिता– २०२१ आयोजना गर्न लागेको जानकारी दिएको छ ।
काठमाडौं स्थित मण्डीखाटार टेनिस क्लबमा यहीँ चैत १७ गतेदेखि २२ गतेसम्म (इस्वी संवत् २०२१ मार्च ३० देखि–अप्रील ४ सम्म) आयोजना गर्न लागिएको उक्त प्रतियोगितामा यू ८–यू १६ उमेर समुहका खेलाडीहरूले भाग लिन सक्ने कम्पनीले जनाएको छ ।
प्रतियोगितामा भाग लिन इच्छुक खेलाडीहरूका लागि दशरथ रङ्गशाला टेनिस कम्प्लेक्स त्रिपुरेश्वर, नेपाल टेनिस संघ सातदोबाटो, कास्की जिल्ला टेनिस संघ पोखरा, रूपन्देही लन टेनिस संघ बुटवल, मण्डीखाटार टेनिस क्लब काठमाडौं र नाउलिङ्ग सपोर्टस भिल्ला काठमाडौंबाट आवेदन फारम भर्न सक्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।
यसका अतिरिक्त आइएमई फाउन्डेसनको वेभ साइट http://www.imefoundation.org मा पनि आवेदन फारम उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ । खेलाडीहरूको पूर्ण विवरण सहित भरिएका आवेदन फारमहरू यहीँ मिति २०७७ साल चैत १२ (२५ मार्च २०२१) गते विहीवारभित्र माथि उल्लेखित स्थानहरुको साथै [email protected] मा पनि बुझाउन सकिने कम्पनीले उल्लेख गरेको छ । यस सम्बन्धि विस्तृत जानकारीका लागि पानीपोखरी काठमाडौंमा अवस्थित आइएमई फाउन्डेसनको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न सकिने तथा रितपूर्वक प्राप्त हुन् आएका आवेदनहरूलाई मात्र टाई सीटमा समावेश गरिने कम्पनीले जानकारी दिएको छ
टेनिस खेलको विकास र विस्तारमा सहयोग पुगोस् र बालबालिकाहरूमा खेलप्रति रूची पनि जागोस् भन्ने मुख्य उद्देश्यले आइएमई फाउन्डेसनले यो प्रतियोगिता विगत चार वर्षदेखि गर्दै आइरहेको जानकारी दिएको छ । गत वर्ष कोभिड– १९, का कारण स्थगित तेस्रो संस्करण यसपटक आयोजना गर्न लागिएको कम्पनीले जानकारी दिएको छ । आइएमई पे प्रतियोगिताको भुक्तानी पार्टनर हुनेछ भने प्रतियोगिता अवधिभर स्वास्थ्य सम्बन्धि मापदण्डको पूर्ण परिपालना गरिने कम्पनीले थप उल्लेख गरेको छ ।
शिक्षा, स्वास्थ्य, खेलकुद लगायतका विभिन्न क्षेत्रमा योगदान पु¥याउँदै आएको आइएमई फाउन्डेसन आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापित एक मुनाफारहित परोपकारी संस्था रहेको कुरा कम्पनीले यस प्रेस विज्ञप्तिद्वारा जानकारी दिएको छ।