कुमारी बैङ्कको नाफा ५४ कराेड माथि, लाभांश दिन सक्ने क्षमता कति ?

kumari bank
ज्ञानमाण्डू। कुमारी बैङ्कको नाफा १०.१९ प्रतिशतले घटेकाे छ । आ.व. २०७७/७८ को पहिलाे त्रैमास सम्ममा बैङ्कले ६० कराेड २५ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को पहिलाे त्रैमास सम्ममा बैंकले ५४ कराेड ११ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

१३ अर्ब ८७ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कुमारी बैङ्कले १ खर्ब ५५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ३ अर्ब ९३ करोड रुपैयाँ र संचित मुनाफा १ अर्ब ३२ कराेड रूपैयाँ रहेको छ ।

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी २.१९ प्रतिशतले घटेर १ अर्ब २८ करोड रुपैयाँ पुगेकाे छ । त्यस्तै बैंङ्ककाे वितरण याेग्य मुनाफा १ अर्ब १० कराेड रुपैयाँ रहेकाे छ । 

बैंककाे निष्कृय कर्जा अनुपात ०.८२ प्रतिशत र प्रतिशेयर आम्दानी १५ रुपैयाँ ६० पैसा छ भने प्रतिशेयर नेटवर्थ १३८ रुपैयाँ ५६ पैसा र पछिल्लाे काराेबार मूल्य रू २७५.६० काे आधारमा मूल्य आम्दानी अनुपात १७.६६ गुणा रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x