धितोपत्र बजारमा दोहोरो अंकको वृद्धि हुँदा दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट


ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २७ दशमलव ५१ अंकले बढेर २५८४ दशमलव ५२ को विन्दुमा कायम भएको छ । यस दिन बजार २७ दशमलव ५१ अंकले बढ्दा नेप्से परिसूचकमा १.०८ प्रतिशतको गिरावट आएको देख्न सकिन्छ।


यस्तै आइतबार सेन्सेटिभ परिसूचक ७ दशमलव ५२ अंकले बढेर ४९० दशमलव ९७ को विन्दुमा पुगेको छ । आज सेन्सेटिभ परिसूचक पनि १.५६ प्रतिशतले बढेको छ।


आज कूल २२५ कम्पनीका ५८ लाख १८ हजार २५ कित्ता शेयर रु २ अर्ब ७७ करोड ३४ लाख २० हजार १३४ रुपैँया ९० पैसामा खरिद बिक्री भए ।

आज कारोबार भएका कुल १३ वटा उपसमूहमध्ये मात्र एक उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूह १.०७ प्रतिशतले घटेको छ। यता, वित्त उपसमूह सर्वाधिक ४.११ प्रतिशत बढेको छ। त्यसैगरी, अन्य उपसमूह ३.२४ प्रतिशत, जलविद्युत २.५२ प्रतिशत बढेको छ भने होटल तथा पर्यटन, विकास बैंक, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूह यस दिन १ प्रतिशतभन्दा बढी बढेको छ।


कारोबार रकमका आधारमा यस दिन आईसीएफसी फाइनान्सको शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन १५ करोड ९१ लाख ८६ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। उक्त कम्पनीको शेयरमूल्य यस दिन ४.९९ प्रतिशतले बढेको छ। त्यस्तै, एन आइसी एशियाको ९३ करोड अधिक, अरुण भ्यालीको ८६ करोड अधिक, युनाइटेड मोदीको ८२ करोड अधिक र नबिल बैंकको ८० करोड अधिकको शेयर कारोबार भएको छ।
आइतबार दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन बेष्ट फाइनान्स कम्पनी र रिडी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक अर्थात १० प्रतिशतका हिसाबले कमाएका छन् । त्यसैगरी, यस दिन रिलायन्स फाइनान्स, बरुण हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर, मानुसी लघुवित्त र सर्पोट माइक्रोफाइनान्सको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ।


यस दिन मेरो माइक्रोफाइनान्सका लगानिकर्ताले सर्वाधिक गुमाएका छन्। उक्त कम्पनीको मूल्य धितोबजारमा यस दिन १० प्रतिशतले घटेको छ। त्यसैगरी, सानिमा बैंक ३.७८%, रुरु जलविद्दुत परियाजना २.३७%, कर्णाली डेभलपमेन्ट बैंक २.२६% र राष्ट्रिय वाणिज्य बैंक फण्ड-१ २.०२% ले गिरावट आएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x