ब्राजिलमा पहिलो पटक एकै दिन ९० हजार कोरोना संक्रमित भेटिए


ब्राजिलमा कोरोना भाइरसबाट एकै दिनमा ९० हजारभन्दा बढी संक्रमित भएका पाइएको छ । यस देशमा पहिलो पटक यतिधेरै नागरिक संक्रमित भएका पनि समाचारमा जनाइएको छ । ब्राजिलका स्वास्थ्य सम्बन्धी सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा अर्थात् बुधबार रातिसम्ममा यहाँका ९० हजार ३०३ जना संक्रमित भएका बताइएको छ ।

ब्राजिलमा अहिलेसम्म कुल एक करोड १६ लाख ९३ हजार ५५८ जना संक्रमित भएका छन् भने दुई लाख ८० हजार जनाभन्दा बढीको मृत्यु भइसकेको पनि बताइएको छ । त्यसैगरी सोही अवधिमा कम्तीमा २ हजार ६४८ जनाको कारोना संक्रमणका कारण मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।

यो मृत्यु पनि गएका केही हप्तापछि गत २४ घन्टाको अवधिमा भएको मृत्युको धेरै संख्या भएको पनि बताइएको छ ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार कोरोना भाइरसको महामारीबाट साओ पाउलो सबैभन्दा बढी प्रभावित भएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै चार सय जनाभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो समयमा ब्राजिलमा कोरोनाका संक्रमितहरुको उपचारका लागि सेवा क्षमता कम भएको बताइएको छ । जसका कारण पनि कतिपय अवस्थामा अस्पतालमा शैया र औषधि अभाव समेत भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

यहाँ कोरोना भाइरस विरुद्धको खोप पनि लगाउन थालिएको छ । ब्राजिलका पूर्व राष्ट्रपति लुइस इनासियो लुला डि सिल्भाले पनि गत शनिबार कोरोना भाइरस विरुद्धको खोप लगाउनुभएको थियो । पछिल्लो जानकारी अनुसार मंगलबार सम्ममा यहाँका १ करोड ४० लाख भन्दा बढी नागरिकले खोप लगाएका छन् । ब्राजिलको स्वास्थ्य मन्त्रालयले मंगलबार मात्र यो जानकारी दिएको पनि समाचारमा जनाइएको छ ।

ब्राजिल विश्वमा कोभिड १९ को संक्रमणबाट पीडित अमेरिकापछिको दोस्रो देश हो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x