कुमारी बैंकको नाफामा ४९.८९ प्रतिशतकाे वृद्धि

kumari bank

ज्ञानमाण्डू। कुमारी बैंकको नाफा ४९.८९ प्रतिशतले बढेकाे छ । आ.व. २०७६/७७ को पहिलाे त्रैमास सम्ममा बैङ्कले ४० करोड १९ लाख ८९ हजार रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७७/७८ को पहिलाे त्रैमास सम्ममा बैंकले ६० करोड २५ लाख ४३ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ ।


१२ अर्ब ५२ करोड ४९ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कुमारी बैंकले १ खर्ब १७ अर्ब २ करोड ६० लाख १८ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १० अर्ब ३२ करोड ५२ लाख ६८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ३ अर्ब ५९ करोड ४३ लाख ३९ हजार रुपैयाँ र संचित मुनाफा १ अर्ब ६७ कराेड ४ लाख २४ हजार रूपैयाँ रहेको छ ।

As on  30th Ashoj 2077 BS

विवरण
प्रथम त्रैमास २०७७/७८ 
(रू हजारमा)
चुक्ता पुँजी
रू १२,५२,००,४९
निक्षेप संकलन
रू १,१७,०२,६०,१८
कर्जा लगानी
रू १,१०,३२,५२,६८
खुद ब्याज आम्दानी
रू १,३१,५६,९७
नाफा/(नाेक्सान)
रू ६०,२५,४३
जगेडा कोष
रू ३,५९,४३,३९
संचित मुनाफा
रू १,६७,०४,२४
निष्कृय कर्जा
१.४३%
प्रतिशेयर आम्दानी
१९ रुपैयाँ २५ पैसा
प्रतिशेयर नेटवर्थ
१४२ रुपैयाँ ५ पैसा
आम्दानी अनुपात
११.५८ गुणा

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ४३.२४ प्रतिशतले बढेर १ अर्ब ३१ करोड ५६ लाख ९७ हजार रुपैयाँ पुगेकाे छ ।

त्यस्तै बैंङ्ककाे वितरण याेग्य मुनाफा २५ कराेड ९१ लाख ३२ हजार रुपैयाँ र निष्कृय कर्जा अनुपात १.४३ प्रतिशत छ । बैङ्कको प्रतिशेयर आम्दानी १९ रुपैयाँ २५ पैसा छ भने प्रतिशेयर नेटवर्थ १४२ रुपैयाँ ५ पैसा छ र मूल्य आम्दानी अनुपात ११.५८ गुणा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x