माग भन्दा ९ गुणा बढी आवेदनका साथ सिंगटी हाइड्रो इनर्जीको प्राथमिक शेयर बिक्री समापन


ज्ञानमाण्डू। सिंगटी हाइड्रो इनर्जी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको प्राथमिक शेयर(आईपीओ)मा २ करोड ४५ लाख २२ हजार ७७० कित्ता प्राथमिक शेयरका लागि आवेदन परेको छ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आईपीओ चित ३ देखी सर्वसाधारणका लागि बिक्रीमा ल्याएको थियो भने आवेदन दिने अन्तिम दिन मंगलबार, चैत्र १० गते रहेको थियो ।

बिक्री प्रबन्धक मेगा मेगा क्यापिटल मार्केट्सका अनुसार अन्तिम दिन मंगलबार साँझ ५ बजेसम्म १६ लाख २४ हजार ९३८ जनाले २ अर्ब ४५ करोड २२ लाख ७७ हजार रुपैयाँ बराबरको २ करोड ४५ लाख २२ हजार ७७० कित्ताका लागि आवेदन दिएका छन् । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको कुल २६ लाख ९७ हजार कित्ता प्राथमिक शेयर(आईपीओ)लाई आधार मान्दा, मंगलबार साँझ कार्यालय समयसम्म उक्त हाइड्रोको आईपीओमा ९.०९ गुणा बढी आवेदन परेको हो ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आफ्नो जारी पूँजी रु. १,४५,००,००,०००/- (अक्षरेपी रु. एक अर्ब पैतालीस करोड) मध्ये १० प्रतिशत अर्थात् रु. १४,५०,००,०००/-(अक्षरेपी रु.चौध करोड पचास लाख) रकम बराबरको रु. १००/- अंकित दरका १४,५०,००० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र अर्थात् दोलखा जिल्लाको अति प्रभावितक्षेत्र बिगु र कालिन्चोक गाँउपालिकाका बासिन्दाहरुका लागि निष्काशनमा ल्याएको हो। वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा भएको विवरण तथा विद्युत उत्पादन अनुमतीपत्रको आधारमा आयोजना प्रभावित क्षेत्र छुट्टाइएको कम्पनीले जनाएको छ ।

सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आफ्नो जारी पूँजी एक अर्ब पैतालीस करोड रुपैंयाको २० प्रतिशत अर्थात् रु.२९,००,००,०००/-(अक्षरेपी रु. उनान्तीस करोड) रकम बराबरको रु.१००/-अंकित दरको २९,००,००० कित्ता साधारण शेयर मध्ये ५ प्रतिशत अर्थात् १,४५,००० कित्ता साधारण शेयर सामुहिक लगानी कोष र २ प्रतिशत अर्थात् ५८,००० कित्ता साधारण शेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यको दरले सर्वसाधारणहरुको निष्काशनमा ल्याएको २९,००,००० कित्ता साधारण शेयर मध्ये ५ प्रतिशत सामुहिक लगानी कोष र २ प्रतिशत कर्मचारीका लागि सुरक्षित गरि बाँकी रहेको २६,९७,००० कित्ता साधारण शेयर सर्वसाधारणहरुको लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को अधिनमा रही निष्काशनमा ल्याएको हो। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ नेपालले यस सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओलाई ‘केयर एनपी डबल बी माइनस इस्यूअर (“CARE-NP BB-(IS)”) रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमता मध्यम रहेको(Moderate risk of default regarding timely servicing of financial obligation) संकेत गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x