
ज्ञानमाण्डू।नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार जेठ ३ गते, सोमबारका दिन छापावाला सुनको मूल्य तोलाको ९२ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँ तोकिएको छ ।

अघिल्लो कारोबारी दिन अर्थात अईतबार जेठ २ गतेका दिन, छापावाला सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार सुनको मूल्यमा वृद्धि भएसँगै चाँदीको मूल्यमा पनि वृद्धि आएको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार ३ सय ५५ रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबारी दिन अईतबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ५ रुपैयाँले उकालो लागेको देख्न सकिन्छ ।