नेपाल एग्रो लघुवित्त वित्तीयकाे आईपिओ वैशाख ८ देखि

ज्ञानमाण्डू।नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडले वैशाख ८ गते आइतबारदेखि आईपिओको बिक्री खुला गर्ने भएको छ ।

यस आईपिओमा जम्मा रकम रु.१,६१,७७,८०० बराबरको प्रति शेयर रु.१०० अङ्कित दरको १,६१,७७८ कित्ता निष्कासन  हुने भएको छ जस मध्ये २,४८९ कित्ता कर्मचारीहरूलाई र ८,०८९ कित्ता शेयर सामूहिक लगानी कोसहरूका लागि सुरक्षित गरिएको छ र बाँकी १,५१,२०० कित्ता शेयर सर्वसाधारणलाई निष्कासन गरिनेछ ।

यस आई पिओ छिटोमा वैशाख ११ गते बन्द हुनेछ भने आवश्यक आवेदन नपरेको खण्डमा जेठ ६ गते सम्म खुला रहनेछ । 

इच्छुक लगानीकर्ताले आवेदनको लागी मेरो शेयर सफ्टवेयर तथा धितोपत्र बोर्डबाट आस्बा अनुमति पाएका सम्पूर्ण बैङ्क तथा वित्तीय संस्थाबाट आवेदन भर्न सक्नेछन् । आईपिओमा न्यूनतम १० कित्ता देखि नै आवेदन दिन सकिने छ ।

क्रेडिट रेटिङ नियमावली २०६८ को नियम ३ं (क) बमोजिम सार्वजनिक निष्कासन रु ३ करोड रुपैयाँ भन्दा बढी नभएकोले नियमानुसार रेटिङ गरिएको छैन ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ लिमिटेडलाई दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x