ग्लोबल आइएमई बैङ्कको नाफा ३ अर्ब ५७ करोड, लाभांश दिन सक्ने क्षमता कति ?


ज्ञानमाण्डू। ग्लोबल आइएमई बैङ्कको नाफा ३२.४० प्रतिशतले बढेकाे छ । आ.व. २०७६/७७ को तेस्राे त्रैमास सम्ममा बैङ्कले २ अर्ब ७० कराेड २६ लाख १५ हजार रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७७/७८ को तेस्राे त्रैमास सम्ममा बैंकले ३ अर्ब ५७ कराेड ८२ लाख ६९ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ ।


२१ अर्ब ६३ कराेड २५ लाख ३ हजार रुपैयाँ चुक्ता पुँजी रहेको ग्लोबल आइएमई बैङ्कले २ खर्ब ४४ अर्ब ३० करोड ३ लाख १२ हजार रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २२ अर्ब ९० करोड ५६ लाख ४ हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ७ अर्ब ९२ करोड ८८ लाख ५८ हजार रुपैयाँ र संचित मुनाफा २ अर्ब ६५ कराेड ३५ लाख ७३ हजार रूपैयाँ रहेको छ ।


बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १४.४४ प्रतिशतले बढेर ६ अर्ब ८७ करोड २ लाख १२ हजार रुपैयाँ पुगेकाे छ ।

त्यस्तै बैंङ्ककाे वितरण याेग्य मुनाफा २ अर्ब ५६ कराेड ४५ लाख ८१ हजार रुपैयाँ रहेकाे छ । उक्त वितरण याेग्य मुनाफालाई वार्षिक करण गर्दा ग्लोबल आइएमई बैङ्कले आफ्ना शेयरधनिहरूलाई १५ प्रतिशत सम्म लाभांश दिन सक्ने क्षमता बनाएकाे देखिन्छ। 

बैंककाे निष्कृय कर्जा अनुपात १.६१ प्रतिशत र प्रतिशेयर आम्दानी २२ रुपैयाँ ५ पैसा छ भने प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ ९२ पैसा र मूल्य आम्दानी अनुपात २०.४० गुणा रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x