GCC Exchange र जि.एम.इ रेमिट बिच विप्रेषण सेवा सम्बन्धी सम्झौता




 
ज्ञानमाण्डू। विदेश स्थित रेमिटान्स कम्पनी GCC Exchange र जि.एम.इ रेमिट प्रा.लि बिच विप्रेषण सम्झौता भई कारोबार सुरु भएको छ ।

अब युएईमा रहेको
GCC Exchange को ५ ओटा शाखाहरुका साथै बेलायत, यूरोप र अन्य देशहरुमा रहनु भएका नेपालीहरुले GCC Exchange को सेवा प्रयोग गरी जि.एम.इ रेमिटको माध्यमबाट सजिलै सँग नेपालमा रहेका आफ्ना आफन्तहरुलाई पैसा पठाउन सकिनेछ ।

नेपालमा जि.एम.इ रेमिट सँग आबद्ध १५,००० भन्दा बढी एजेन्टहरुबाट
GCC Exchange मार्फत पठाएको रकम सजिलै भुक्तानी लिन सकिने र सहि समयमा नेपालको जुनसुकै बैंकको खातामा जम्मा भई तुरुन्तै रकम झिक्न मिल्ले ब्यवस्था रहेकोछ । साथै मोबाईल वालेटमा समेत
लोड गर्न सकिने सुविधा उपलब्ध छ ।

उक्त सम्झौतामा जि.एम.इ रेमिट प्रा.लि को तर्फबाट प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत श्री दिवाकर पौडेल र
GCC Exchange को तर्फबाट संचालक श्री यश राजेशले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

जि.एम.इ रेमिट प्रा.लि ले आफ्ना ग्राहकहरुलाई निरन्तर सेवा प्रदान गर्दै विप्रेषण क्षेत्रमा छोटो समयमा नै आफ्नो छुट्टै पहिचान बनाई सफलता हाँसिल गर्न सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x