
ज्ञानमाण्डू।नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार जेठ २ गते, आइतबारका दिन छापावाला सुनको मूल्य तोलाको ९२ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ तोकिएको छ ।

अघिल्लो कारोबारी दिन अर्थात शुक्रबार बैशाख ३१ गतेका दिन, छापावाला सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार सुनको मूल्यमा वृद्धि भएसँगै चाँदीको मूल्यमा पनि वृद्धि आएको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार ३ सय ५० रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबारी दिन शुक्रबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार ३ सय ३० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा २० रुपैयाँले उकालो लागेको देख्न सकिन्छ ।