आज देखि मन्दाकिनी हाइड्रोपावरकाे आईपीओ विक्री खुल्ला



ज्ञानमाण्डू। मन्दाकिनी हाइड्रोपावर लिमिटेडले साउन ९ गते (आज) देखि आईपीओ विक्री खुल्ला गर्ने भएको छ ।

कम्पनीको अनुसार योग्य आवेदकले दरखास्त दिनुपर्ने न्यूनतम कित्ता १० शेयर र दरखास्त दिन पाउने अधिकतम कित्ता १ लाखसम्म तोकेको छ। सो कम्पनीले प्रतिशेयर रु.१०० अङ्कित दरका ११ लाख ७६ हजार ०७३ कित्ता साधारण शेयरको आईपीओ विक्री गर्न लागेको हो।

सो कम्पनीले निष्कासन गर्ने ११ लाख ७६ हजार ०७३ कित्ता शेयर मध्ये ५८ हजार ८०३ कित्ता अर्थात कुल निष्काशनको ५ प्रतिशत सामूहिक लगानी कोषको लागि र २३ हजार ५२१ कित्ता साधारण शेयर अर्थात् २ प्रतिशत कम्पनीका कर्मचारीका लागि सुरक्षित गरि बाँकी १० लाख ९३ हजार ७४९ कित्ता शेयर सर्वसाधारणमा बाँडफाँट गर्न लागेकाे कम्पनीले जनाएकाे छ ।

सो कम्पनीको साधारण शेयरको निष्कासन बन्द हुने मिति (छिटोमा) साउन १२ गते रहेको छ। उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा ढिलोमा साउन २३ गते सम्म आवेदन पेस गर्न सक्ने कम्पनीले जनाएकाे छ।

कम्पनीको आईपीओ खरिद गर्नको निम्ति आवेदकले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरूबाट आवेदन पेस गर्न सक्नेछन्।

यस कम्पनीको धिताेपत्र निष्कासन तथा बिऋी प्रबन्धक बि.ओ.के क्यापिटल मार्केट लिमिटेड रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x