भम्रण वर्ष २०२० : निकुञ्जमा हात्ती थपिँदै

ज्ञानमाण्डू।नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर बाँके राष्ट्रिय निकुञ्जले हात्ती थप्ने भएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईका अनुसार थप दुई वटा हात्ती ल्याउन लेखापढी भइसकेको छ । दुई वटा हात्ती थपिएपछि निकुञ्जमा हात्तीको सङ्ख्या छ पुग्नेछ । 

बाघको वासस्थान रहेको निकुञ्जलाई पर्यटकीय स्थलका रूपमा विकास गर्दै लगिएको र हात्ती सफारी सुरु भएकाले हात्ती थप्न लागिएको हो । प्रमुख संरक्षण अधिकृत भट्टराईले प्रचारप्रसारको कमीले ओझेलमा परेको निकुञ्जमा भ्रमण वर्षको सुरुआतमै बिस्तारै चहलपहल बढेको जानकारी दिए । 

निकुञ्जले गाभरदेखि अगैयासम्मको ६५ किलोमिटरलाई जङ्गल सफारीको ‘रुट’ बनाएको छ । यो पार गर्न साढे तीन घण्टा लाग्छ । “गाभरबाट प्रवेश गरेका पर्यटकहरूले जङ्गली जनावर, चराचुरुङ्गी हेर्दै साढे तीन घण्टा बिताएर अगैया निस्किने रुट बनाएका छौँ,” प्रमुख संरक्षण अधिकृत भट्टराईले भने, “एक पटक आएको पर्यटक फेरि आउन मन लाग्ने घुमाइ हुन्छ ।” 

आन्तरिक पर्यटकको रोजाइमा निकुञ्ज परिसकेको छैन । मुख्यमन्त्रीले गएर जङ्गल सफारीको उद्घाटन गरेपछि प्रचारप्रसार भएको छ । निकुञ्जमा नेपालीलाई रु १०० प्रवेश शुल्क लिएर रु ५०० मा दुई घण्टाभन्दा बढी हात्ती सफारी गराउने तालिका छ । सार्कका पर्यटकलाई रु ७५० र त्योभन्दा बाहिरकालाई रु एक हजार ५०० प्रवेश शुल्क कायम गरिएको छ । 

प्रदेश नंं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले निकुञ्जमा हात्ती सफारी गरेर भ्रमण वर्षको सुरुआत गरेका थिए । प्रदेश सरकारले पर्यटन गन्तव्यका रूपमा बाँके निकुञ्जलाई पनि अघि सारेको छ । तर सङ्घ र प्रदेशबाट अहिलेसम्म कुनै कार्यक्रम आएको छैन । सरकारले बाँके आउने पर्यटकलाई घुमाउने ठाउँ यही निकुञ्ज र बागेश्वरी मन्दिरलाई अघि सारिएको छ । 

नेपाल भ्रमण वर्षमा बाँके निकुञ्जलाई मुख्य गन्तव्य मानिएको छ । दुई वर्षअघि निकुञ्जमा जम्मा चार जना पर्यटक आएकामा आर्थिक वर्ष २०७५/७६ मा १६० पर्यटक आएको निकुञ्जको तथ्याङ्कले जनाएको छ । तीमध्ये १४८ आन्तरिक पर्यटक, ११ सार्क मुलुकका र एक जना विदेशी पर्यटक रहेको निकुञ्जले जनाएको छ । 

निकुञ्ज घोषणा भएको आठ वर्षको अवधिमा शून्य अवस्थाबाट अहिले बाघको सङ्ख्या २१ पुगेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेश प्रवेश विन्दुका रूपमा रहेकाले पर्यटकलाई पूर्व–पश्चिम राजमार्ग भएर ओहोरदोहोर गर्ने निकुञ्ज घुमफिर गरेर फर्किन सहज वातावरणसमेत मिलाइएको प्रमुख संरक्षण अधिकृत भट्टराईले बताए । 

“बाँके निकुञ्ज पर्यटक ‘ट्रान्जिट’ हुँदैछ,” भट्टराईले भने, “कम खर्चमा, छोटो समयमा पर्यटकले निकुञ्ज घुम्ने अवसर पाउनेछन् ।” मुख्य आकर्षण वन्यजन्तुसँगै यहाँको चुरिया रेन्जको लोभलाग्दो दृश्य र त्यहाँ हाइकिङ गर्न सकिने हुँदा निकुञ्जमा पर्यटकको सङ्ख्या बढ्न थालेको गाभर भ्याली सामुदायिक होमस्टेका सञ्चालक कृष्ण चौधरीले जानकारी दिए । 

आन्तरिक पर्यटकसमेत घुमफिर गर्न मन पराउन थालेपछि होमस्टे (घर बास) र निकुञ्जको महत्त्व बढ्दै गएको उनको अनुभव छ । निकुञ्ज वरिपरि तीन वटा निजी थारु होमस्टे र १७ वटा घरमा सामुदायिक होमस्टे सञ्चालित छन् । बाघको आहारा प्रजातिका बँदेल, मृग, जरायोको सङ्ख्या पर्याप्त रहेको निकुञ्जको दाबी छ । 

बाघ संरक्षण गर्ने उद्देश्यले २०६७ सालमा स्थापना गरिएको निकुञ्जमा ३०० भन्दा बढी प्रजातिका चराचुरुङ्गी रहेको निकुञ्जले जनाएको छ । नेपालगञ्ज र कोहलपुरमा ठूलाठूला होटलहरु सञ्चालनमा रहेकाले यहाँ आउने पर्यटकलाई दुईचार दिन घुमाउन बाँके निकुञ्ज उत्तम रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत भट्टराईले बताए ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x